Loading...

मधेशी मोर्चासग‘ आईतबार औपचारीक वार्ता हुने

काठमाण्डौं कार्तिक १३ । प्रधानमन्त्री पुष्पकमल दाहालको पहलमा सत्तारुढ प्रमुख दल नेपाली काग्रेस र मधेशी मोर्चाका नेताहरुबीच आज छलफल भएको छ ।

बालुवाटार स्थित प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भएको छलफलमा संविधान सशोधन प्रस्ताव दर्ता गर्ने विषयमा कुराकानी भएको थियो ।

छलफल पछि प्रधानमन्त्री पुष्पकमल दाहालले काग्रेस र मधेशी मोर्चाका नेताहरुसगको छलफल सकारात्मक भएको र भोली आईतबार चार बजे दि‘उसो औपचारीक वार्ता हुने जानकारी दिनु भयो ।

प्रधानमन्त्रीले भारतीय राष्ट्रपतिको नेपाल भ्रमण अघि नै सम्झौता गरेर नया सन्देश दिदा राम्रो हुने भन्दै छलफल गर्नु भएको मोर्चाका एक नेताले जानकारी दिनु भयो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...