Loading...

युवा संघ नेपाल नवलपरासी क्षेत्र नं ६ द्दारा सरसफाई तथा डष्ट वितरण

रबिन्द्र यादव  

कार्तिक १३ नवलपरासी ।

स्वस्थ जिवनका लागी सरसफाईसवैले साथ दिनुस युवा संघको अभियानलाईू भन्ने मुख्य नाराका साथ युवा संघ नेपाल नवलपरासी क्षेत्र नं(६ कोआयोजना र वाल्मिकी जनकल्याण युवा क्लव महलवारीको सहआयोजनमा धार्मिक तथा वनभोज स्थल कुवाँरवर्ति (चुवाडी) ,बालपुरी मठ , नवदुर्गा मन्दिर महलवारी लगाएतको स्थानमा सरसफाई तथा डस्टविन वितरण गर्नुको साथै दिपावली र छठ पर्व को शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

युवा संघ नेपाल क्षेत्र नं(६ नवलपरासीका अध्यक्ष ज्ञानप्रसादपाठक (सन्तोश)को अध्यक्षतमा रहेको कार्यक्रममा युवा संघ नेपालका केन्द्रिय उपाध्यक्ष राजु गुरुंग को प्रमुख आतिथ्यमा रहेको थियोे ।

प्रमुख अतिथि गुरुङले देशलाई विकास गर्नका लागि युवा शक्ति एकजुट भई एमाले लाई बहुमतले जिताएर देशलाई अफगानिस्तान हुन बाट बचाउन आजको युवा नेकपा एमालेको साथ दिनुको विकल्प नरहेको बताउनु भएको थियो ।

उक्त कार्यक्रममा जिल्ला तह र क्षेत्रिय तहका नेताहरुको सहभागिता रहेको उक्त कार्यक्रममा सागरमणी पाण्डे , राम प्रसाद अर्याल कुडिया गा वि स सचिव बिष्णु ढकाल लगाएत ले चाड पर्व को शुभकामना मन्तव्य ब्यक्त गर्दै युवा संघ क्षेत्र नं६ ले गर्दै आएको सामाजिक काम हरुको प्रशंसा गर्नु भएको थियो भनि युवा संघ क्षेत्रिय सचिव इश्वर प्रसाद उपाध्यायले जानकारी दिनु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...