Loading...

महाअभियोग प्रस्तावले सरकारमाथि संकट आउने भएकाले काग्रेस मौन : कोईराला

काठमाडौं ,कार्तिक १३ ।
नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले हतारमा आएको महाअभियोग प्रस्तावले वर्तमान सरकारमाथि नै संकट ल्याउने भएकले काग्रेसले यसबारे तत्काल निर्ण नगरेको बताउनु भएको छ ।

सुनसरीको इनरुवामा शुभकामना आदानप्रदान कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले अन्य दलले हतारमा ल्याएको महाअभियोगको प्रस्तावले सृजना गराउन सक्ने असरको पूर्वानुमान बेगर कांग्रेसले निर्णय नगर्ने बताउनु भयो ।

कोइरालाले हचुवाको भरमा गरिएको निर्णय भन्दा पनि बुद्धिमत्ता पूर्वक वास्तविकताको छिनोफानो सहितको निर्णय मूलुकका लागि हितकर हुने तर्क गर्नुभयो ।

उहाले संविधानको कार्यान्वयनका लागि संसोधन अनिवार्य भएकाले असन्तुष्ट पक्षको माग संबोधन गरि अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
संविधान निर्माण पछिको कार्यान्वयनको चुनौति पनि कांग्रेसको काँधमा नै रहेको उहाको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...