धुर्मुस सुन्तली फाउण्डेसनले नमुना बस्ती भुकम्पपिडितलाई हस्तान्तरण गर्यो

काठमान्डौ ,कात्तिक १२ ।
कलाकार सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीले भुकम्प पिडितका लागि भन्दै सिन्धुपाल्चोकको गिरानचौरमा निर्माण गरेको नमुना बस्ती आज हस्तान्तरण गरिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थिितमा आयोजित एक कार्यक्रमकाबीच उक्त बस्ती हस्तारण गरिएको हो । काभ्रेको पहरी गाउँमा २० एकीकृत बस्ती निर्माणबाट प्रेरणा पाएका कलाकार जोडी धुर्मुस सुन्तलीले गिरानचौरमा दोस्रो चरणको नमुना बस्ती निर्माण गरेका हुन् ।

धुर्मुस–सुन्तली फाउण्डेसनले आर्थिक अवस्था कमजोर भएका समुदायको पहिचान गरी तामाङ समुदायलाई प्रत्यक्ष रुपमा फाइदा पुग्ने गरी मेलम्ची नगरपालिका–८ स्थित ३० रोपनी क्षेत्रफल जग्गामा ६५ वटा भवन, पाँच बालोद्यान र एउटा खेलकुद मैदान सहितको एकीकृत बस्ती निर्माण गरेको हो ।

क्लिन सिटी र ग्रिन सिटीको अवधारणा सहित अपाङ्गमैत्री, बालमैत्री र वातावरणमैत्री सहितको भूकम्प प्रतिरोधात्मक भवन राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, गिरानचौर एकीकृत नमुना बस्ती तथा पर्यटन प्रवद्र्धन परियोजनाअन्तर्गत मेलम्ची नगरपालिका, भवन विभागसँग समन्वय गरी निर्माण गरिएको हो ।

६५ घरधुरीका एक–एक तथा दैनिक ज्यालादारी काम गर्ने ३१ र अन्य विभिन्न संघसंस्थाबाट स्वयंसेवक गरी एक सय जनाको दैनिक श्रमबाट बस्ती निर्माण गरिएको कलाकार कट्टेलले बताउनुभयो ।

यसैबीच बस्ती हस्ताण्तरण कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले तराईमा मात्र नमुना बस्ती निर्माण गर्न सकिन्छ भन्ने पराम्परा अन्तय गर्दै पहाडमा सुविधा सम्पन्न बस्ती बसाल्ने धुर्मुस सुन्तलीको प्रयास प्रसंशानीय रहेको बताउनु भयो ।

देश विकासका लागि धुर्मुस सुन्तलीले गरेको काम नमुना र अरुका लागि प्रेरणाको स्रोतले भएको उल्लेख गर्नुभयो ।

शुक्र, कार्तिक १२, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter