एक कचौरा गहुको खोले, माओ र माओवादी

संसारभर माओवाद र माओवादीको चर्चा टिप्पणी र विष्लेषणहरु भईरहेका छन् । चीनीया कम्युनिष्ट पार्टीले १९४९ मा कसरी सत्ता कब्जा गर्यो ? र अहिले सम्म किन कम्युनिष्ट पार्टीले चीनमा एकल शासन गरीरहेको छ ? किन त्यॉहा धेरै राजनीतिक शक्ति र आन्दोलनको जन्म भएको छैन ? ८६ लाख पार्टी सदस्य रहेको चीनीया कम्युनिष्ट पार्टीमा अहिले सम्म फुट किन छैन ? किन अमेरीकाले २ सय बर्षमा गरेको विकास चीनले २० वर्षमा पुरा गर्न सफल भयो ? त्यसको स्रोत के हो र कसरी सफल भए उनीहरु ? यो अध्ययन गर्नु पर्ने एक महत्वपूर्ण विषय हो । यो सबै आधुनिक चीनका जन्मदाता माओ र त्यस पछि देङ स्याओ फिङका कारण भएको हो भन्ने सोच चीनीया पुस्ताले कायम राखेको छ ।
“निक्कै नै टाढा पुग्नु छ राता सिपाहीहरुले
गाह्रो र साह्रो भन्दैनन् आटी छोरा र छोरीले”
यो एउटा गीतको हरफ हो माओत्सेतुङले रचेका । यो गीतले हजारौं किशान, मजदुर र युवाहरुलाई सन् १९३४ देखि ३६ सम्म माओको अगुवाईमा चलाईएको लम्बे अभियानमा लामबद्ध हुन र बलिदान गर्न प्रेरित गरेको थियो । सन् १९३४ अक्टोबर २२ मा माओत्सेतुङले पार्टी संकटमा परेको बेला च्याङ काई शेकको सत्ता र जापानी साम्राज्यवादको आक्रमणको विरुद्ध एकसाथ लड्न यस्तो अभियान छेड्नु भएको थियो ।

mao-1
आज लङ मार्चको बिजयी यात्रा पूरा भएको ८० वर्ष सम्म पनि चीनको सरकार र जनताले यसको अभूतपूर्व सम्झना गरीरहेका छन् । माओत्सेतुङलाई अभिवादन गरीरहेका छन् । चीनीया लाल सेनाको बलिदानको सम्मान गरीरहेका छन् ।२२ अक्टोबरका दिन मात्रै चीनले भव्य समारोहको आयोजना गरी लम्बे अभियानको ८० औं बार्षिकोत्सब मनाउदै छ । यसको पूर्वसन्ध्यामा लम्बे अभियानको सन्दर्भमा विभिन्न प्रदर्शनीहरु ग्रिएका छन् । यस सन्दर्भमा अहिलेका राष्ट्रपति सि जिन पिङले लम्बे अभियानकै बेला जस्तो स्पीरीट अहिले पनि आवस्यक रहेको चीनीया सपनालाई साकार पार्न भन्दै सबैमा अपील गरेका छन् । भलै माओले १९७० को दशकमा चलाउनु भएको सांस्कृतिक क्रान्तिका बेला भएका दमनलाई कमजोरीका रुपमा लिएका चीनीयाहरु माओ नै आधुनिक नया चीनको निर्माता भएकोले उनको सम्झना गरीरहन्छन् ।
लङ मार्च अभूतपूर्व मानवीय साहस र बलिदानको प्रतीक
१९२१ मा गठन भएको कम्युनिष्ट पार्टीले क्रान्ति शुरु गरे पछि करीब डेढ दशक भित्र नया विवाद र बहसहरु देखा परे । सत्ताको चर्को दमनले पार्टी केही कमजोर थियो । त्यस पछि १९३४ अक्टोबरमा नेतृत्व भनेको संकटका बेला अघि बढ्नु पर्छ भन्ने सन्देशका साथ कमरेड माओ त्से तुङको अगुवाईमा दक्षिण पूर्वी चीनको चियाङसी प्रान्तबाट शुरु गरिएको क्रान्तिकारी अभियानको नाम हो लङमार्च ।१९३४ अक्टोबर देखि १९३६ अक्टोबर सम्म गरिएको यो यात्राका क्रममा ८६ हजार लाल सेनाको पङिक्त थियो । लम्बे अभियान १२ हजार ५०० किलो मिटर लामो दुरी पार गरेर पूरा गरिएको थियो, जुन बेइजिङबाट लण्डनको दुरी हुन आउछ ।यस यात्राको क्रममा कठिन नदी,दलदले र घासे मैदान एवं हिमालका काखहरुको ठूलो दुरी लालसेनाले पार गरेको थियो । जुन बेला कोमिन्ताङ सत्ताका लाखौं सेनाले हवाई तथा स्थलगत आक्रमण गर्यो । लाल सेनाले जुत्ता नभएर घासबाट बनेका जुत्ता लगाए , खान पाएनन् , हिउले खुट्टा कतिको गुम्यो तर युद्ध छाडेनन् ।

यस क्रममा दैनिक ५० किलो मिटरका दरले लाल सेनाले यात्रा गर्यो र प्रत्यक ७२ घण्टा भित्र औषत एउटा लडाई लडेको थियो लाल सेनाले । यति भयानक युद्धहरुका कारण ८६ हजार लाल सेना मध्य लङ मार्च यात्रा पूरा हुदा ७ हजार भन्दा पनि कम लाल सेना बचेका थिए । यो अभूतपूर्व शाहस र बलिदानकै जगमा तयार भएको पार्टी र लालसेनाले जापानी साम्राज्यवाद र च्याङ काई सेकको सत्ता अन्त्य गरेर अक्टोबर १ १९४९ मा जनवादी गणतन्त्र चीनको स्थापना गरेको थियो ।

यदि यो लामो यात्रा र बलिदान नभएको भए शायद चीनमा कम्युनिष्ट पार्टीको सत्ता र आधुनिक चीनको संभावना अनिश्चित थियो । यो लम्बे अभियानको चर्चा १० वर्षे जनयुद्धमा माओवादी भित्र प्रेरणाको कहानीको रुपमा रहेको थियो । यो यात्रा र क्रान्तिबारे चीनीय आकाशमा रातो तारा शीर्षकमा अमेरीकी पत्रकार एडगार स्नोले पुस्तकै प्रकाशन गरे । जसलाई तात्कालीन अमेरीकी राष्ट्रपति फ्रयाङलिन रुजबेल्टले पटक पटक अध्ययन गरेको र सन् १९४२ देखि ४५ भित्र तीन पटक एडगार स्नोलाई बोलाएर चीनका माोवादी र माओका बारेमा जानकारी लिएको उनको स्मरणमा उल्लेख छ ।

long-march-3
एक कचौरा गहुको खोले र माओ
स्याङसी प्रान्तको उ छि काउन्टी अन्तर्गत चाङ क्वानजी भन्ने एक गॉउमा लङमार्च अभियानको बेला माओको नेतृत्वमा लालसेना पुग्यो । १९३५ को यो समय थियो । त्यस दिन एउटा गरीबका ओडारमा रहेको घरमा माओ बास बसे । सो दिन त्यस परिवारले खाने कुरा अरु नभएकाले गहुको पिठोको खोले पकाएर एक कचौरा माओलाई दिएका थिए । तर त्यो बेला सम्म उनी माओ हुन् भन्ने कुरा सो परिवारलाई थाहा थिएन । झियाङ रुईसेन नामका एक वृद्ध भन्छन् पछि एक सेना आएर तपाईको घरमा राति बास बसेका मान्छे नै माओ हुन् भने पछि उनका आमाबाबु नतमस्तक भएका थिए रे ।
जब बिहान भाले बास्न थाल्यो त्यस पछि माओ र लाल सेनाहरु गन्तव्यतिर हिड्न थाले । त्यसै बखत कोमिन्ताङ सेनाले चौतर्फी घेराबन्दी गरेर आक्रमण शुरु गर्यो । तर पछि लाल सेनाले उनीहरुलाई पराजीत गरेर लखेटे । भ्mाङ रुईसेन अहिले आफ्नी श्रीमतिसगै सोही ओढारको घरमा बस्दै आएका छन् त्यसको संरक्षणका लागि । उनीहरुले माओले गहुको खोले खाएको कचौरा, पानी तताएको भाडो सबै सुरक्षित राखेका छन् । उनीहरुका तीन छोरा शहरमा काम गरीरहेका छन् र बाबु आमालाई शहरमा आउन भनिरहेका छन तै पनि उनीहरु माओ बसेको त्यस ऐतिहासीक थलोको सुरक्षा गर्न ६८ वर्षको उमेरमा पनि खटिरहेका छन् । माओले यही लम्बे अभियानमा जनताको ठूलो साथ पाउनुको कारण थियो सही जनजीति । जसमा माओ भन्ने गर्थे जनताको सियो धागो समेत सित्तैमा नलेउ । यसले जनतासग‘ श्रमसग‘ जोडिएर लालसेनाले ठूलो सफलता हात पार्यो ।

अहिले चीनीया कम्युनिष्ट पार्टी ८६ लाख सदस्य सहित संसारकै ठूलो पार्टीको रुपमा रहेको छ । यसले नया संस्करणमा पार्टी संगठनमा रुपान्तरण र वृद्धिको कुरा गरेको छ । अक्टोबर महिनाबाटै यस्तो नीति र योजना आउन सक्ने खबर चीनीया अखबारहरुले उल्लेख गरेका छन् । तर चीनीया कम्युनिष्ट पार्टीले माओवाद मानेको छैन । तर पनि माओको स्पीरीट, योगदान र बिचारको उच्च कदर गरेर अघि बढीरहेका छन् । तर हाम्रो देशमा माओवादी धेरै छन् । माओवादी पार्टीको संख्या बढेको छ । तर धेरै नेता कार्यकर्ताको व्यवहार धनवादी जस्तो बन्दै गएको छ ।

file-photo

काठमाण्डौ र अन्य शहरहरुमा घर घडेरी , गाडी , दारु , भारु भेटे पाए सम्म शान्तिपूर्ण राजनीतिमा आए पछि माओवादीको नाममा झ्वाम पार्नेहरुको संख्या बढेको छ । यसले एकातर्फ आदर्श नेता कार्यकर्ता पलायन हुन बाध्य पारीरहेको छ । अर्थात १० वर्ष लामो युद्धकालमा जन्मिएका माओवादी आदर्शहरु समाप्त हुदै गएका छन् । जनयुद्ध दिवसको खास सम्झना गरिदैन, शहीद सप्ताह कर्मकाण्डको रुपमा समाप्त हुन्छ । युद्धका अनेकौ स्मरणीयघटनाहरु स्मृतिबाट हटाउन थालिएको छ । त्यो धार बाहेकका माओवादीहरु खास गरी विप्लव माओवादी परीक्षणको प्रतिक्षामा छ । बाकीले युद्धकालीन आदर्श र धरातल लगभग गुमाईसकेका छन् । यसले माओवादको नाममा बगेको १७ हजार नागरिकको रगतको मुल्य र पशिनामाथि ठूलो धोका दिएको अनुभव जनता र कार्यकर्ताले गरेका छन् ।

बुध, कार्तिक ३, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...