०७४ माघसम्ममा तीनै तहको निर्वाचन नभए मुलुक दुर्घटनातर्फ जाने खतरा : प्रचण्ड

काठमाण्डौ ,३ असोज ।
प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनको ‘ड्राफ्ट’ अन्तिम चरणमा पुगेकोले छठसम्ममा संसोधनको प्रस्ताव संसदमा दर्ता हुने बताउनु भएको छ ।

व्यवस्थापिका संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सरकारले सबै पक्षसँग सहमति गरेर संविधान संशोधन गर्ने तयारी गरिरहेको जानकारी गराउनु भयो ।

आफ्नो नेतृत्वको सरकारले संविधान संशोधन गरेर देशलाई सहज दिशामा लाने र स्थानीय तहको निर्वाचन गर्ने विषयलाई प्राथमिकतामा राखेको प्रधानमन्त्रीको भनाई छ ।

उहाले सबै दलहरुसँग छलफल गरेर सहमतीका आधारमा नै संविधान संशोधन गरेर आन्दोलनरत दलहरुलाई सहमतिमा ल्याई तीनै तहको निर्वाचन गर्ने दाबी समेत गर्नुभयो ।

प्रधानमन्त्री दाहालले संविधानप्रति असन्तुष्टि जनाएका शक्तिसँग औपचारिक तथा अनौपचारिक रुपमा वार्ता भइरहेको पनि जबताउनु भयो ।

सरकारले विभिन्न पक्षसँग छुट्टा छुट्टै छलफल गरी सहमतिको प्रयास गरिरहेको उहाको भनाई छ । संविधान कार्यान्वयन गर्न आवश्यक कानुन परिमार्जन तथा निर्वाचन सम्बन्धि विधेयकलगायतका विषय संसदमा दर्ता गराइसकेको जानकारी पनि जानकारी गराउनु भएको थियो ।
सरकारको कामका विषयमा सत्तापक्ष र विपक्ष नभन्न आग्रह गर्दै उहाले आगामी ०७४ माघसम्ममा सब तहका निर्वाचन गरेनौ भने देश दुर्घटनामा जाने खतरा रहेको बताउनु भयो ।

उहाले भन्नुभयो , विभिन्न दलहरुका बीचमा मनमुटाव भएपनि संविधान कार्यान्वयनका लागि सबै दल एकैठाउँमा आउनुपर्छ । जायज मागलाई सम्बोधन गरी निर्वाचन गरिछाड्ने प्रतिवद्धता व्यक्त गर्नुपर्छ ।

यस्तै आजको संसद बैठकमा प्रधानमन्त्री दाहालले केही समय अघि भएको भारत भ्रमण र केही दिन अघि मात्रै भारतको गोवामा भएको ब्रिक्स सम्मेलनमा भाग लिन गएका विषयमा जानकारी गराउनु अनिवार्य रहेका कारण संसदमा उपस्थित भएको छ ।

संयोगवश भारतका प्रधानमन्त्री र चीनका राष्ट्रपतिसँग भारतको गोवामा भएको भेटमा सौहार्दपूर्ण कुराकानी भएको बताउनु भयो ।
प्रधानमन्त्री दाहालले भन्नुभयो , दुबै नेताहरुसँग एकैपटक भएकोमा मलाइ गर्व भएको छ । दुर्लभ अवसर थियो । भेट्ने प्लान बनाएको भए सम्भव हुन गाह्रो हुन्थ्यो तर संयोगवश भेट भएको हो त्यसमा नेपालको हितमा सकेसम्म प्रयोग गर्ने प्रयास गरेको छु ।

चीनिया राष्ट्रपतिले छिटै नेपालको भ्रमण गर्ने प्रतिबद्धता जनाएको पनि उहाले बताउनु भयो । सो क्रममा आफुले यसैवर्ष स्वागत गर्न नेपाल आतुर रहेको बताएको तर चीनिया राष्ट्रपतिले मिति तोक्न नसक्ने तर छिटै नेपालको भ्रमण गर्छु भन्नुभएको बताउनु भयो ।

बुध, कार्तिक ३, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...