Loading...

संविधान ससोधनका लागि एमाले चाहिन्छः रायमाझी , नेता माओवादी केन्द्र

अहिले माओवादीको सरकार गठन भएको ३ महिना पुग्न लागेको छ । देश दुर्घटनामा जान लागेको र मधेशी मोर्चाको माग सवोधन गर्ने भन्दै एमालेलाई दिएको समर्थन फिर्ता लिएर आफ्नै नेतृत्वमा काग्रेससग‘ मिलेर सरकार बनाएको माओवादीले अहिले सम्म सविधान शसोधनको मुद्धा टुंगो लगाउन सकेको छैन । यसै बीचमा हाम्रा सहकर्मी नेपाली बाबुले तपाईलेले जे जे गर्छु भनेर सरकारमा आउनु भएको थियो त्यो त केही भएको छैन नि किन हो भनेर माओवादी केन्द्रका नेता टोप बहादुर रायमाझाीलाई सोध्नु भएको छ । सो अन्तवार्ताको केही अंशहरु :

तपाईहरुले मधेशी मोर्चाको माग पूरा गर्ने जस्ता विभिन्न कुरा गरेर पहिलो सरकार भत्काउनु भयो र आफ्नो सरकार बनाउनु भयो तर खै अहिले सम्म केही गर्न सक्नु भएन नि ?

संविधान ससोधनको विषय अन्यौलमा छैन । यो विषयमा प्रतिपक्ष दल र मधेशवादी दलहरुसग‘ निरन्तर छलफल भईरहेको छ । मधेशी मोर्चाले पनि के कुरा बुझ्नु पर्दछ भने संविधान ससोधन हामीले मात्र चाहेर हुदैन । दुई तिहाई बहुमत विना संविधान ससोधन हुदैन । एमालेको साथ चाहिन्छ नै । तर हामी प्रयास गरीरहेका छौं । ससोधनका लागि सबै पार्टीहरुको सहमति र सहकार्य जरुरी छ ।

मधेशी मोर्चालाई कसरी सहमतिमा ल्याउनु हुन्छ त ?

मधेशी मोर्चाले पनि मेरो गोरुको बाह्रै टक्का जस्तो गर्नु हुदैन । सबै मिलेर अधिकतम लचकता सहित सहमतिमा जानु पर्दछ । हामीले पार्टी भित्र अरु पार्टीहरुका बीचमा छलफल गरीरहेका छौं । के के विषयमा सहमति हुन्छ सबै मिलाएर जानु पर्छ । जुन सिमाकंनमा विवाद छ त्यसमा जाने हो । सबै तिर विवाद गर्दा भुईको टिप्छु भन्दा खल्तीको खस्ने जोखिम हुन्छ । त्यसैले सबै मिल्नुको विकल्प छैन ।

अबको बिकल्प के छ त ?
मैले यसमा तीन वटा विकल्प देखेको छु । पहिलो विकल्प भनेको अधिकतम रुपमा आन्दोलनरत पार्टीहरुको माग पूरा गर्न अधिकतम प्रयास गर्ने यसका लागि दलहरु मिलेर सविधान ससोधन गर्ने ।
दोस्रो विकल्प भनेको सविधान ससोधनका लागि सत्तारुढहरुले आफ्नो प्रस्ताव लैजाने र संसदमा पेश गर्ने प्रतिपक्षीले साथ नदिएर पास नभएमा पनि त्यसलाई स्वीकार गर्ने ।
तेस्रो जुन हद सम्म सहमति हुन्छ नभएको अवस्थामा नोट अफ् डिसेन्ट लेखेर आसन्न निर्वाचनमा जाने ।
यी नै प्रकृयाबाट गएर हामी राष्ट्रिय सहमतिको प्रकृयामा जानु पर्छ ।यसको लागि तिहार अघि नै सविधान ससोधनको प्रस्ताव लान हामी प्रयत्न गरीरहेका छौं ।

यसमा तपाइको प्रतिक्रिया

Loading...

अन्य अन्तर्वार्ता समाचार

Like us On Facebook

Follow Us On Twitter