Loading...

एसक्युसीको १२औं राष्ट्रिय सम्मेलनको तयारी पुरा

भक्तपुर, ३ कार्तिक । बिद्यालय पाठ्क्रममा आधारित विद्यार्थी गुणीय चक्र(एसक्युसी)को १२औं राष्ट्रिय सम्मेलनको तयारी पुरा भएको छ ।
सम्मेलन यहि कार्तिक ५ र ६ भक्तपुर सल्लाघारीमा अवस्थित सैनिक आवासीय महाविद्यालयमा आयोजना हुने सो सम्मेलनको तयारी पुरा भएको आज पत्रकार सम्मेलनमा आयोजक संस्था क्वेस्ट नेपालका अध्यक्ष निरञ्जन अधिकारीले जानकारी दिनु भएको हो ।
एस.क्यु.सी. अन्तर्गत विद्यार्थीहरुको स–साना समूह हुन्छन् जसले आफूलाई असर पारेका विभिन्न समस्याहरु पत्ता लगाउने, ती समस्याहरुका कारण र मूल जरा पत्ता लगाई समूहमा मिलेर ती समस्या समाधानका उपायहरु पहिल्याउने र आफै र अरुको सहयोगमा ती समस्याहरुको समाधान गर्ने गर्दछन् ।
सम्मेलनमा सहभागी बिद्यार्थीले आफूले समाधान गरेका मनोसामाजिक समस्या तथा अन्य समस्याको बारेमा आफूले गरेको घटना अध्ययनका अनुभवहरु प्रस्तुत गर्नेछन् । यस्तै विद्यार्थीहरुले साझा सवाल, नेपाली संसद, कोलाज, हाजिरी जवाफ लगायत अन्य धेरै क्रियाकलापहरुमा आफ्नो प्रतिभा देखाउने अध्यक्ष अधिकारीले बताउनु भयो ।
पत्रकार सम्मेलनमा सैनिक आवासीय महाबिद्यालयका प्रिन्सीपल तथा आयोजक संस्थाका सदस्य समीम ए समिमले यसले विद्यार्थीमा सर्वगुण सम्पन्न,असल र चलाख व्यक्तित्व निर्माण हुने बताउदै सम्मेलनका लागि तीब्र रुपमा तयारी भैरहेको बताए । सन् १९६३ देखि जापानले औद्योगिक क्षेत्रमा लागू गरेको क्वालिटी कन्ट्रोल सर्कलको अवधारणालाई सन् १९९९ देखि डा. जगदिश गान्धीले शैक्षिक क्षेत्रमा लागू गरेका हुन् ।
यो विधि प्रो. दिनेश चापागाईंको अग्रसरतामा सन् १९९९ देखि नै विद्यार्थी गुणीय चक्र अर्थात् स्टुडेण्ट क्वालिटी सर्कलको नामले अनौपचारीक रुपले नेपालका विभिन्न विद्यालयमा लागू गरेका थिए ।
यो बिधी अहिले बिश्वका ३५ देशमा प्रयोग भएको र नेपालमा मात्र यो बिधि भक्तपुर, काठमाडांै, रुपन्देही र पाल्पा लगायतका १५ जिल्लाका १५ हजार बिद्यार्थीले अध्ययन गरिरहेको क्वेस्ट नेपालका बरिष्ठ उपाध्यक्ष राजकुमार महर्जनले जनाकारी दिए ।
उपराष्ट्रपति नन्द बहादुर पुनले उद्घाटन गर्ने उक्त सम्मेलनमा देशका १२ जिल्लाका ५५ विद्यालयबाट ७०० विद्यार्थी, २०० पर्यवेक्षक लगायत १ हजार १ सय जनाको सहभागी रहनेछ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...