Loading...

डेटिङ देखि केवलकार चढ्न समेत सरकारी गाडीको दुरुपयोग ( तस्वीर सहित )

सिर्जना तिम्सिना

कार्तिक ३ काठमाण्डौं । दुर्गम क्षेत्रका जनता कतिपय एम्बुलेन्स सेवा नपाएर ज्यान गुमाउन बाध्य छन् । सरकारी सेवा जनतामा पुर्याउन स्रोत साधन भएन भनिन्छ ।
तर राजधानीमा मात्रै सयौं सवारी साधनको दुरुपयोग कर्मचारी र हाकिमहरुले डेटिङ जान देखि केबलकार चढ्न आफ्ना परिवारका सदस्यहरुलाई रमाईलो घुमघामका लागि गाडी तथा मोटरसाईकल दुरुपयोग गरेको पाईएको छ ।
कतिपय बजारमा साग सब्जी किन्न समेत सरकारी गाडी प्रयोग भएको यस अघि पनि फेला परेका थिए ।

सार्वजनिक विदाको दिन सरकारी गाडी कुदाउन नपाईने नियम छ । तर विभिन्न पास बनाएर कुदाउने गरिएको छ । यसलाई कर्मचारी संगठनका अगुवाहरु नीतिगत भ्रष्टाचार हो भन्दछन् । राष्ट्रिय कर्मचारी महासंघका अध्यक्ष गोपाल सिंह धामी सवारी साधनको दुरुपयोग नीतिगत तरीकाले नै मिलाएर गरिएको बढी देखिने गरेको तर्क गर्नु हुन्छ ।

२०७३ साल भदौ १२ गते आईतबार साझ ६ः१५ बजे गोदावरीको जंगलमा एउटा सरकारी मोटरसाईकल भेटियो । बा.२.ब. ३६३९ नम्बरको सो मोटरसाईकलमा एक युवा र युवती सयर थिए ।
साझ सवा ६ बजे फूलचोकी जाने बाटोेको जंगलतर्फ सो बाईक अघि बढे पछि मिर्मिरे अनलाईन प्रतिनिधले सो बाईकल फलो गर्यो । गोदावरी बसपार्कबाट करीक एक किलो मिटर माथि पुगेपछि बाटोको छेउमा सो मोटरसाईकल रोकियो । र त्यसमा सवार युवा युवती ५० मिटर जति माथि पुगेर प्रेम साटासाट गर्न थाले । प्रेमको विषय भने निजी मामिला भएकाले हामीले तस्वीर लिएनौ तर मोटरसाईकलको नम्बर आउने गरी खिच्यौं ।

sarkari-gadima-detin

14159100_1657226077926582_748492140_n

गोदावरीको जंगलमा लगिएको सरकारी मोटरसाईकल र त्यसलाई प्रयोग गर्ने युवा युवतीको तस्वीर

पछि यातायात कार्यलय मार्फत सम्पर्क गर्दा सो मोटरसाईकल सिंचाई विभाग अन्तर्गत सिचाई तथा जलस्रोत व्यावस्थापन आयोजनाको भएको देखिएको छ ।
त्यसै गरी २०७३ असोज २९ गते शनिबार चन्द्रागिरी केबलकारको पार्किङमा एक दर्जन बढी सरकारी जीप कार तथा ५ वटा जति मोटरसाईकल फेला पर्यो । हाम्रो टिमले त्यस मध्य केहीको तस्वीर खिच्न सफल भयो । उनीहरुले पनि अनुगमन सहित विभिन्न पास बनाएर कुदाएको सो गाडी परिवारका सबै सदस्यलाई कोचेर केबलकार चढ्न गएको देखियो ।
त्यस मध्य एक गाडीका चालकले “हाकिमले पास बनाएर लैजा भने पछि हामीले त कुदाउनै पर्यो । हाकीम सापको सपरिवार आउनु भा को छ । ”
सरकारी गाडी डेटिङ देखि केवुलकार चढ्न समेत प्रयोग भएको विषयमा मिर्मिरेको जिज्ञासामा सामान्य प्रशासन मन्त्रालयकी प्रवक्ता निता पोखरेलले सरकारी प्रयोजन बाहेक निजी काममा गाडी प्रयोग गर्न नपाईने बताउनु भयो ।
तर उहाले दुरुपयोग गर्नेलाई कार्बाही गर्ने विषयमा मन्त्रालयले नहेर्ने भएकाले थप कार्बाहीको प्रकृयाको बारेमा भने जानकारी नभएको बताउनु भयो ।
यसै गरी यातायात व्यवस्था विभागका प्रशासकीय निर्देशक निरन्जन रिजालले उपत्यकामा जम्मा २३ लाख जति सवारी साधन रहे पनि कति सरकारी र कति संस्थानको भन्ने एकीन डाटा तयार नपारीएको जानकरी दिनु भयो ।

gadi-1
उहाले सरकारी गाडी पास लिएर प्रयोग गर्ने सन्दर्भमा मन्त्रालयको हकमा सचिवले र जिल्ला कार्यलयहरुको हकमा जिल्ला प्रशासन अधिकारीले पास दिए पछि कुदाउने व्यवस्था रहेको जानकारी दिनु भयो ।

gadi-2
देशमा सरकारी स्रोतको दुरुपयोग खाली कर्मचारीले मात्र गरीरहेका छैनन् यसमा ठूला नेता र तीनका परिवारले अझ ठूलो मात्रामा गरीरहेको स्पष्ट छ ।
चन्द्रागिरी केवलकार चढ्ने ठाउमा पुगेका सरकारी गाडीहरुको नम्बर सहितका केही तस्वीरहरु:

gadi-9 gadi-2 gadi-3 gadi-5 gadi-7 gadi-8

scootoor

यसमा तपाइको प्रतिक्रिया

Loading...