नेपाल र चीनबीच व्यापार सुदृढ गर्ने समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं, कार्तिक ३ ।

नेपाल र चीनबीच उपभोक्ता अधिकार संरक्षण र सहयोग आदानप्रदानका साथै व्यापार सम्बन्ध मजबुद बनाउने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

आपूर्ति मन्त्रालय र चीन सरकारको उद्योग वाणिज्य प्रशासनबीच सिंहदरवारमा आज व्यापार सम्बन्ध मजबुद बनाउने सहमति भएको हो ।

समझदारी पत्रमा आपूर्तिमन्त्री दिपक बोहोरा र चीनका राज्य प्रशासनका उद्योग वाणिज्यमन्त्री झाङ माओले हस्ताक्षर गर्नुभएको छ ।

सोपत्रमा वाणिज्य क्षेत्रका दुई पक्षीय सूचना आदानप्रदान, स्वस्थ बजार निर्माण सहयोग गर्ने, हित संरक्षण गर्न आफ्ना देशका विद्यमान काुननहरुको संसोधन र निर्माणमा जोड दिने उल्लेख छ।

त्यसैगरी सम्झौतामा उपभोक्ता हित संरक्षण गर्न दुवै देशमा लागू गरिने नयाँ नियमबारे पनि दुई पक्षीय सुचना जानकारी आदान प्रदान गरिने उल्लेख छ।

समझदारीपत्रमा हस्ताक्षर पछि आपूर्तिमन्त्री दिपक बोहोराले दुई देशबीचको व्यापार सम्बन्ध सुदृढ बनाउन यो सहमति कोशेढुंगा सावित हुने बताउनु भयो ।

गत वर्ष तत्कालीन प्रधानन्त्रीको चीन भ्रमणका क्रममा भएका संझौताहरुको कार्यान्वयनमा नेपाल प्रतिवद्ध रहेको भन्दै मन्त्री बोहराले चीनले नेपालसँग रेल र सडक सञ्जालको निर्माणमा जोड दिइरहेकाले चाँडै नै दुइ देशको व्यापार र लगानीका संभावनाहरु बढ्ने विस्वास व्यक्त गर्नुभयो ।

चीनका मन्त्री चाङले समझदारी पत्रले नेपाल र चीनबीच परम्परागत रुपमा भइरहेको व्यापार र वाणिज्य क्षेत्रलाई थप मजबुद गरी दुवै देशका उपभोक्ता हित संरक्षणमा सहयोग पुग्ने धारणा राख्नुभयो ।

बुध, कार्तिक ३, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter