Loading...

छठपछि संविधान संशोधन प्रक्रिया अघि बढ्छ : प्रधानमन्त्री

काठमाडौ ,३ कार्तिक ।
प्रधानमन्त्री पुष्पकमल दाहालले असन्तुष्ट पक्षको माग सम्बोधनका लागि छठ पर्व लगत्तै संविधान संशोधन गर्ने तयारी भइरहेको बताउनु भएको छ । त्यसका लागि अहिले प्रतिपक्षी एमाले सहितका दलहरुसँग सकारात्मक छलफल भइरहेको उहाँको भनाई छ ।

सिंहदरवारमा आज बसेको माओवादी केन्द्र संसदीय दलको बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष समेत रहनु भएका दाहालले छठ पर्व लगत्तै संविधान संशोधन गरी आगामी चैतमा स्थानीय निकायको चुनाव गराउने दावी गर्नुभयो ।

सिमांकन बाहेक अन्य विषयमा संशोधन प्रक्रियामा समस्या नरहेको भन्दै उहाँले सिमांकन, नागरिकता लगायतका विषयमा संविधान संशोधनको गृहकार्य भइरहेको बताउनु भयो ।

माओवादी केन्द्र संसदीय दलका नेतासमेत रहनु भएका प्रधानमन्त्री दाहालले आफ्नो गोवा भ्रमण, ब्रिक्स बिमस्टेक सम्मेलनबारे पनि बैठकमा जानकारी गराउनु भएको थियो । गोवा भ्रमण सफल, उपलब्धीपूर्ण र नेपालका लागि सुखद भएको उहाँको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...