Loading...

डा. केसीले त्रिभुवन विश्वविद्यालय ऐनलाई चुनौती दिए : कोइराला

काठमाडौ ३ कार्तिक ।
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले डा. गोविन्द केसीको लहडमा लागेर सरकारले चिकित्सा शिक्षालाई बर्बाद पार्न खोजेको आरोप लगाउनु भएको छ ।

व्यवस्थापिका संसद अन्तरगत महिला बालबालिका, जेष्ठ नागरिक तथा समाज कल्याण समितिको आजको बैठकमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । डा. केसीले त्रिभुवन विश्वविद्यालय ऐनलाई चुनौती दिएको कोइरालाको आरोप छ ।

उहाँले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान आईओएमको डिन वरिष्ठ मात्र नभएर योग्य पनि हुनु पर्ने भएकाले बरिष्ठताका आधारमा हुनु पर्ने डा. केसीको माग उपयुक्त नभएको तर्क गर्नुभयो ।

माथेमा आयोगको प्रतिवेदन पनि सानो घेराको स्वार्थमा आएको धारणा राख्दै उहाँले शिक्षा र स्वास्थ्य मन्त्रालयबीच समन्वय नहुँदा चिकित्सा शिक्षा क्षेत्रमा अहिलेको अवस्था सिर्जना भएको धारणा राख्नु भयो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...