Loading...

महाकाली अन्चलमा आज देखि यातायात सुचारु

काठमाडौ ३ कार्तिक । 

यातायात व्यावसायीको अवरोधका कारण दुईदिन देखि यातायात ठप्प रहेको महाकाली अन्चलमा आज देखि सुचारु भएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकमा दुवै पक्षबीच तीन बुँदे सहमति भएपछि सवारी साधन सन्चालमा आएको हो ।

बैठकले नमस्ते प्रालिले प्रक्रिया पूरा गरे नगरेको बारे यातायात व्यवस्था विभागमा जानकारी लिने र त्यतिञ्जेल नमस्ते प्रालिका गाडी नचलाउने सहमति भएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले जानकारी दिनुभयो ।

दुवै पक्षबिच तोडफोड जस्ता अवाञ्छित गतिविधि नगर्ने तथा यातायात विभागको जवाफ आएपछि गाडी चलाउने नचलाउने बारे पुनः छलफल गरी टुङ्गो लगाउने सहमति भएको खनालले बताउनुभयो ।

नमस्ते शुक्लाफाँटा प्रालिले नयाँ गाडी चलाउन थालेपछि त्यसको विरोधमा महाकाली, पवनदूत र महाकाली टेम्पु यातायात व्यवसायी समितिले विरोध गर्दै दुई दिनदेखि यातायात ठप्प पारेका थिए ।

यसमा तपाइको प्रतिक्रिया

Loading...