Loading...

प्रधानमन्त्री दाहालले आज सदनमा सम्बोधन गर्ने

काठमाडौ ३ कार्तिक ।  

प्रधानमन्त्री पुष्पकमल दाहालले आज व्यवस्थापिका संसदमा सम्बोधन गर्दै हुनुहन्छ । भारत भ्रमण, ब्रिक्स–बिम्स्टेक सम्मेलन, संविधान संशोधन लगायत समसामयिक विषयमा सदनमा उठेका प्रश्नको जवाफ दिन उहाँले संसदमा समय माग गर्नुभएको हो ।

अपराह्न तीन बजे बस्ने संसद् बैठक नियमित कार्यसुचीमा प्रवेश गर्नुअघि नै प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने कार्यसुची रहेको संसद सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुँइकेलले जानकारी दिनुभयो ।

भारतको गोवामा भएको सम्पन्न ब्रिक सम्मेलनका बेला चिनीयाँ राष्ट्रपति र भारतीय प्रधानमन्त्रीबीच भएको भेटवार्ताबारे विभिन्न क्षेत्रबाट टिकाटिप्पणी हुन थालेपछि प्रधानमन्त्रीले उक्त भेटबारे सदनमा सम्बोधन जानकारी गराउन लाग्नु भएको हो ।

यसैबीच आजै दिउँसो दुई बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ । सभामुख ओनसरी घर्तीले संसद मातहत गठन हुने विषेश समितिबारे छलफल तीव्र पार्नुभएपछि सो बारे निर्णय गर्न कार्यव्यवस्था समितिको बैठक बस्न लागेको संसद सचिवालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...