Loading...

अख्तियार प्रमुख कार्की भोली नेपाल आउने संभावना

काठमाण्डौं कार्तिक २ । सर्वोच्च अदालतले अख्तियार प्रमुखमा नियुक्तिको प्रकृयालाई लिएर पुनः सुनुवाई गर्ने भनी आदेश दिए देखि नै चकमन्न बनेका अख्तियार प्रमुख लोकमान सिंह कार्की भोली नेपाल आउने नेपाल आउने बताईएको छ । उनी क्यानडामा १० दिनको विदा थपेर बसेको भनिए पनि दुवईमा रहेको कान्तिपुरले उल्लेख गरेको छ ।

दुवईबाट उनी भोली नेपाल आउने भनिएको छ । तर कतिखेर आउने भन्ने एकीन भएको छैन । अब मुद्धाको फेस गर्ने गरी कार्की आउन लागेको बताईएको छ । उनको घरमा लामो प्रयास पछि सर्वोच्चले आज मुद्धाको तामेली टास गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...