Loading...

सबोच्च टोलीद्धारा अख्तियार प्रमुख कार्कीको घरमा तामेल

काठमाडौ २ कार्तिक । 

सर्वोच्च अदालतको टोलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको घरमा म्याद तामेल गरेको छ ।

पटक पटकको अवरोधपछि काठमाडौं महानगरपालिका वडा नं १० का सचिव सरिता राईको उपस्थितिमा टोलीले आज दिउँसो कार्कीको घरमा म्याद तामेल गरेको हो ।

म्याद तामेल भएको सम्पूर्ण प्रतिवेदन सहितको कागजात तामेलदारको टोलीले सर्वोच्चमा आजै पेश गरिसकेको छ । म्याद तामेलसँगै अबको १५ दिनभित्र कार्की सर्वोच्च अदालतमा उपस्थित हुनुपर्नेछ ।

यसैगरी सर्वोच्चले म्याद तामेलमा लापरबाही गरेको भन्दै अघिल्लो तामेलदार शम्भू बहादुर खत्रीलाई कारबाही गर्ने तयारी गरेको अदालत स्रोतले बताएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...