Loading...

मधेसको माग संबोधन नभए नेपाल टुक्रन्छ : काग्रेस नेता मन्सुर

काठमाण्डौ ,२ कार्तिक ।

नेपाली काग्रेसका नेता तथा सांसद फरमुल्लाह मन्सुरले असन्तुष्ठ पक्षको माग संबोधन नभए नेपाल टुक्रने चेतावनी दिनुभएको छ ।

संसदको आजको बैठकमा विशेष समय लिएर बोल्दै मन्सुरले संविधान संशोधन गरेर मधेसी, मुस्लिम र थारुका माग सम्बोधन नभए पाकिस्तानबाट बंगलादेश टुक्रिए जस्तै नेपाल पनि टुक्रने चेतावनी दिनुभयो ।

सत्तरीको दशकमा पूर्वी पाकिस्तानका मुस्लिमले आफ्नो शासन आफैं चलाउने अधिकार माग्दा राज्यले नदिएपछि पूर्वी पाकिस्तान फुटेर बंगलादेश बनेको भन्दै उहाले नेपालमा त्यस्तै खतरा आएको बताउनु भयो ।

राष्ट्रियताको कुरा उठाएर सिमांकन पुनरावलोकनको मागलाई दबाउने काम भएके भन्दै मन्सुरले अब काठमाडौंबाट मधेस शासित नहुने पनि बताउनु भयो ।

संविधान संशोधन नभई कुनै पनि तहको निर्वाचन हुन नसक्ने भन्दै उहाले आफूहरुले असहमति राखेर संविधानसभामा मतदान गरेको धारणा राख्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...