Loading...

लोकमानको बचाउ गर्नेलाई देश निकाला गर्नुपर्छ : सांसद

२ कात्तिक, काठमाडौं ।

बिभिन्न राजनितिक दल आबद्ध सांसदहरुले सर्बोच्च अदालतको आदेश तामेली गर्न समेत नदिएर अख्तियार प्रमुख कार्कीले न्यायीक सर्बोच्वतालाई चुनौति दिएको भन्दै आप्पती जनाएका छन् ।

व्यवस्थापिका संसदको आजको बैठकमा बोल्दै कांग्रेस सांसद राधेश्याम अधिकारीले अदालत र अख्तियार प्रमुखबीच भईरहेको कार्यप्रति जनप्रतिनिधि मौन बस्न नहुने नसक्ने बताउनु भयो ।

उहाले न्यापालिकालाई सक्षम बनाउन र सही दिशामा अघि बढेको बेला न्यायालयलाई जनप्रतिनिधिले साथ दिनुपर्नेमा जोड दिनुभयो ।

बिगतमा पनि अदालतले नेताहरुलाई न्याय दिएको स्मरण गराउदै उहाले सांसदले मौन नबसि अहिले अदालतलाई साथ दिनुपर्ने बताउनु भयो ।

अधिकारीले अख्तियार पमुख कार्की कति दिनका लागि कुन प्रयोजनमा विदेश गएका छन् सो बारे विदा स्वीकृत गर्ने सरकारले संसदलाई जानकारी गराउन पनि माग गर्नुभयो ।

कानुनविद समेत रहेका अधिकारीले हालसम्म संसदले महाअभियोग समिति गठन गर्न नसक्नुको कारण पनि माग गर्नुभयो ।

यस्तै एमालेका सांसद रेवतीरमण भण्डारीले अदालतको म्याद तामेली गर्न गएका अदालतका कर्मचारीलाई हुलहुज्जतको शैलीमा अवरोध गर्नु न्यायिक सर्बोच्चको अपमान भएको भनदै त्यसको बिरोध गर्नुभयो ।

भण्डारीले सादा पोशाकका प्रहरी समेत परिचालन गरेर अदालतको म्याद तामेल हुन नदिनुले राज्य नै गुण्डागर्दीमा उत्रिएको प्रष्ट हुने भन्दै यसबारे गृहमन्त्रीले जवाफ दिनुपर्ने बताउनु भयो ।

थरुहट पार्टीकी सांसद गंगा चौधरी सत्गौवाले लोकमान सिंहको घरमा म्याद तामेली गर्न नसक्नु लज्जास्पद बिषय भएको धारणा राख्नुभयो ।

चौधरीले प्रश्न गर्दै भन्नुभयो , ‘लोकमानसिंह कुन लोकको यमराज हुन् ? हाम्रो देशको कानुन कति लाचार छ ?

अख्तीया प्रमुख कार्कीलाई राजनीतिक दलका नेताले संरक्षण गरेकाले सवोच्वले तामेली समेत गर्न नसकेको भन्दै सांसद चौधरीले बचाउ गर्नेलाई देश निकाला गरि लोकमानलाई कानुनको कठघरामा ल्याउनुपर्ने बताउनु भयो ।

यसैबीच ब्यावस्थापिका संसद बैठकमा आज अपाङगता भएका व्याक्तिको अधिकार सम्बन्धी बिधेयक , नेपाल पशु चिकित्सा पहिलो संसोधन बिधेयक प्रस्तुत हुदै छन् ।

यस्तै भूमिगत जलश्रोत विधेयक र सिचाई बिधेयक पनि आजको बैठकमा विचार गरियो भनि प्रस्ततु गरिने कार्यसुची रहेको संसद सचिवालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...