Loading...

ब्यवस्थापिका संसद बैठक जारी

काठमाण्डौ ,२ कार्तिक ।

ब्यवस्थापिका  संसद बैठक बसिरहेको छ । नया बानेश्वर स्थित संसद भवनमा जारी बैठकमा अपाङगता भएका व्यक्तिको अधिकार सम्बन्धी बिधेयक , नेपाल पशु चिकित्सा पहिलो संसोधन बिधेयक प्रस्तुत हुदै छन् ।

यस्तै भूमिगत जलश्रोत विधेयक र सिचाई बिधेयक पनि आजको बैठकमा विचार गरियो भनि प्रस्ततु गरिने कार्यसुची रहेको संसद सचिवालयले जनाएको छ ।

यसैबीच प्रमुख विपक्षी नेकपा एमालेले गोवामा भएको भनिएको चीन भारत र नेपालका सरकार प्रमुखहरुको त्रिदेशी छलफलबारे प्रधानमन्त्रीसँग जवाफ माग्ने भएको छ ।

भारतले औपचारिकरुपमा खण्डन गरिसकेको विषयलाई प्रधानमन्त्री पुष्पकमल दाहाल र उनका छोरा प्रकाश दाहालले त्रिदेशीय छलफल नै भनिरहेका बेला एमालेले यसबारे जवाफ माग्न लागेको हो ।

व्यवस्थापिका संसदको बैठकमा एमालेले यसबारेमा प्रष्ट जानकारी माग्ने तयारी गरेको संसदीय दलका उपनेता सुवास नेम्वाङले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...