Loading...

महेन्द्रनगरमा अनिश्चितकालका लागी यातायात ठप्प

कन्चनपुर ,कात्तिक २ ।

यातायात व्यावसायीको बिरोधका कारण कन्चनपुरको मेन्द्रनगरमा अनिश्चितकालका लागी यातायात ठप्प भएको छ ।

कञ्चनपुरमा नया यातायात प्रालिले सेवा शुरु गरेपछि भएको विवादले उग्ररुप लिंदा सम्पूर्ण यातायात सेवा नै ठप्प भएको हो ।
आइतबारदेखि यातायात व्यवसायीबीच भएको विवाद नमिलेपछि आजबाट भने अनिश्चीतकालका लागी यातायात सेवा नै ठप्प भएको छ ।

नमस्ते शुक्लाफँटा यातायात प्रालिले सेवा सञ्चालन गरेपछि महाकाली, पवनदूत र महाकाली टेम्पु यातायात व्यवसायी समितिबीच विवाद चुलिएको हो ।

आजदेखि महेन्द्रनगरबाट चल्ने महाकाली यातायात, पवनदुत यातायात तथा महाकाली टेम्पो तथा ट्याक्सी यातायातले आफ्ना सेवा बन्द गरेका छन् ।

सार्वजनिक यातायात सेवा ठप्प भएपछि महेन्द्रनगर बसपार्कमा हजारौं यात्रु अलपत्र परेका छन् । केही यात्रु हिँडेरै गन्तव्यतर्फ लागेका छन् ।

यसमा तपाइको प्रतिक्रिया

Loading...