Loading...

बालुवाटारमा अस्थायी शिक्षकको धर्ना 

कार्तिक ,२ काठमाण्डौं ।

अस्थायी शिक्षकलाई अवधि गणना गरी स्थायी गर्नु पर्ने , उपदान र औषधी उपचारको व्यवस्था गर्नु पर्ने लगायतका माग राखी आन्दोलनमा रहेका अस्थायी शिक्षकहरुले आज बालुवाटारमा धर्ना दिईरहेका छन् । बिहान ८ बजेदेखि धर्ना शुरु भएको र १० बजे सम्म चल्ने छ ।
अस्थायी शिक्षक आन्दोलन केन्द्रीय समितिको नेतृत्वमा आन्दोलन जारी रहेको महासचिव दिनेश थापाले जानकारी दिनु भयो ।

अस्थाई शिक्षकलाई स्थाईको प्रतियोगितामा सहभागी हुने अवसर दिनु पर्नेमा उहाले जोड दिनु भयो ।

14606278_1166154103454640_1862763043662059380_n
साथै शिक्षकहरुले भोली देखि ५ गते सम्म काठमाण्डौंमा रिले अनसन बस्ने जनाएका छन् ।
यसै गरी कार्तिक ४ र ५ गते उपत्यकाका सबै सामुदायीक विद्यालयका शिक्षकहरुलाई पठन पाठन बन्द गरी आन्दोलनमा आउन आव्हान आन्दोलन समितिले गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...