Loading...

अर्याल संयोजकत्वको एकाईले काम सुरु गर्दै

काठमाडौं, कात्तिक २ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग समन्वयका लागि बनेको वन विभागका उपमहानिर्देशक हेम अर्यालको संयोजकत्वको एकाईले आफ्नो काम सुरु गरेको छ ।

वन तथा भूसंरक्षण मन्त्रालयले भूकम्प प्रभावित जिल्लामा पुनर्निर्माणका लागि सहज रुपमा काठ उपलब्ध गराउन एकाई गठन गरेको थियो ।

एकाइले पुनर्निर्माणमा आवश्यक पर्ने काठको परिणाम र काठको आकारप्रकारका बारेमा विस्तृत अध्ययन गर्नुका साथै कुन कुन जिल्लालाई के कति काठ चाहिन्छ भन्ने तथ्याङ्क सङ्कलन गर्ने वन सचिव कृष्णचन्द्र पौडेलले जानकारी दिनुभयो ।

यसअघि मन्त्रालयले भूकम्प प्रभावितलाई काठ वितरण गर्न ‘भूकम्पपीडितका लागि काठ उत्पादन, आपूर्ति र व्यवस्थापन निर्दे्शिका, २०७२’ तयार गरी जारी गरिसकेको छ ।

विभागले अहिलेसम्म भूकम्पले क्षति र्पुयाएका ३१ मध्ये १५ जिल्लाका केही बस्तीमा झण्डै पाँच लाख क्युफिटभन्दा बढी काठ वितरण गरिसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...