Loading...

मधेसी मोर्चाले चाहेजस्तो संबिधान संसोधन हुदैन : रायमाझि

काठमाण्डौ ,२ कार्तिक । नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझिले एमालेको सहमतीबिना संबिधान संसोधन गर्न नसकिने प्रष्ठ पार्नुभएको छ ।

मिर्मिरेसँग कुरा गर्दै उहाँले एमालेले सहमती नजनाएसम्म संबिधान संसोधन हुन नसक्ने भएकाले मधेसी मोर्चालाई बुझिदिन आग्रह पनि गर्नुभयो ।

मधेशी मोर्चाले चाहेजस्तो संबिधान संसोधन नहुने पनि उहाले ठोकुवा गर्नुभयो । सत्तारुढ पार्टीसँगष् मात्र दुई तिहाई नभएकोले विपक्षी दल एमाले सहमतीमा आउनै पर्ने बताउनु भयो ।

सरकारले एमालेकै कारण संबिधान संसोधन प्रक्रिया अघि बढाउन नसकेको पनि उहाको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...