विमल गुरुङ स्मृतिमा कविता महोत्सव हुने 

भरतराज शर्मा गोपाल

कवि विमल गुरुङ स्मृति पुस्तकालय धरान १८ स्थापनाको अवसर पारेर २६ औं बर्ष गाठ तथा कवि बिमलको ४५ औं जन्मजयन्ती आगामी मंसिर अन्तिम साता दुई दिने कविता महोत्सवका साथ हुने भएको छ ।

पुस्तकालयले आज पत्रकार सम्मेलन गरेर मंसिर २४ र २५ गते दुई दिने कविता महोत्सव आयोजना गर्ने लागेको जानकारी दिएको हो ।

विगतका बर्षहरुमा कवि विमलको जन्मदिन कर्तिक १९ गते पारेर कार्यक्रम हुने गरेपनि यो बर्ष तिहार चाड परेकोले एक महिना पछि सारिएको पुस्तकालयले जनाएको छ ।

गत बर्ष पुस्तकालय स्थापनाको रतज जयन्ती मनाउने तयारी गरिरहदा कवि गुरुङकी आमा सरस्वतीको देहान्त भएपछि कुनै पनि कार्यक्रम हुन सकेको थिएन ।
रजत जयन्ती मनाउन नपाएपनि यो बर्ष भव्यरुपमा २ दिने महोत्सव गर्ने निर्णय भएको पुस्तकालयका सचिव चेवन राईले जानकारी दिनुभएको छ । उहाका अनुसार पहिलो दिन साहित्यिक विमर्श र दोस्रो दिन प्रतियोगितात्मक कविता महोत्सव हुने बताउनुभयो ।

योसंगै यो बर्ष विजेता प्रतियोगीहरुलाई पुरस्कारको राशी पनि वृद्धि गरेको पुस्तकालयले जनाएको छ ।
पहिलो हुनेले नगद २० हजार, दोस्रोले नगद १५ हजार र तेस्रोले नगद १० हजार पाउनेछ । यस्तै, ताम्रपत्र सहित एक व्यक्तित्वलाई अभिनन्दन र २ जनालाई सम्मान गरिने पुस्तकालयका संस्थापक एवं अध्यक्ष पुर्णबहादुर गुरुङले जानकारी दिनुभयो ।

कविता प्रतियोगितामा हातले लेखेको नभई कविता कम्प्युटर प्रिन्ट वा इमेल गरेको हुनुपर्ने आयोजकले जनाएको छ ।

संसथापक गुरुङका अनुसार कुल प्राप्त भएको कविताहरुमध्येबाट उत्कृष्ट १५ छनौट गरिने र महोत्सवको दोस्रो दिन वाचन गरेर विजेता ३ कविता घोषणा गरिने छ ।

सोम, कार्तिक १, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...

अन्य कला-साहित्य समाचार