सन्दिपले अन्तराष्ट्रिय टि –२० क्रिकेट खेल्ने

काठमाण्डौ ,१ कार्तिक ।

अष्ट्रेलियन पूर्व कप्तान माइकल क्लार्कले क्रिकेटर सन्दिप लामिछाने अन्तराष्ट्रिय टि–२० क्रिकेट खेल्ने बताएका छन् ।

आफ्नो बायोग्राफी ‘माइकल क्लार्क’ विमोचन क्रममा आज उनले सन्दिपले चाडै नै अन्तराष्ट्रिय टि ट्वान्टि क्रिकेट खेल्ने जनाएका हुन् ।
उनले सन्दिपको खुलेर खुलेर प्रशंसा पनि गरेका छन्। बायोग्राफीे ‘माइकल क्लर्क’ बारेको फेसबुक लाइभमा आएका क्लार्कले सन्दिपलाई समेत आफूसँगै प्रस्तुत गरेका थिए।

क्लार्कसँगै रहेका सन्दिपले पनि अष्ट्रेलियामा रहदा आफुले उत्कृष्ठ खेल खेलेर नेपाली फ्यानलाई आफूले नेपालको नाम उच्च बनाउे प्रतिक्रिया दिएका थिए ।
उनले क्लार्कको बायोग्राफी निकै राम्रो रहेको भन्दै पढिदिन अनुरोध गरेका छन्।

 

युवा लेग स्पिनर सन्दिप अहिले अष्ट्रेलियामा क्लार्कको एकेडेमी वेष्टर्न सबअर्बसबाट सिड्नी प्रिमियर क्रिकेट खेलिरहेका छन्।

करिब पाँच महिना क्लार्कको एकेडमीमा रहने उनले एकेडमीबाट प्रिमियर क्रिकेट समेत खेल्ने छन्।

सोम, कार्तिक १, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य खेलकुद समाचार

Like us On Facebook

Follow Us On Twitter