प्रचण्डले कुटनितिक मर्यादाको उलंघन गरे : ओली

काठमाडौं, १ कार्तिक ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारत र चीनका राष्ट्रप्रमुख बीच संयोगवसको भेटघाटलाई त्रिपक्षीय वार्ता भनेर प्रचार गर्नु कुटनीतिक मर्यादा बिपरीत भएको बताउनु भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले कुटनीतिक मर्यादाको उल्लंघन गरेको आरोप लगाउदै उहाले हुँदै नभएको त्रिपक्षीय वार्ताबारे टिप्पणी गर्नु लज्जास्पद रहेको धारणा राख्नुभयो ।

प्रधानमन्त्री दाहालले हालले बिमिस्टेक सम्मेलनमा सहभागी हुने क्रममा भारतको गोवामा डिनरका लागि कार्गेट पर्खने क्रममा भएको संयोगवसको भेटघाटलाई त्रिपक्षीय वार्ता भनेर प्रचार गर्नु कुटनीतिक मर्यादाको उलंघन भएको बताउनु भयो ।

अध्यक्ष ओलीले भारतीय विदेश मन्त्रालयले नै त्रिपक्षीय वार्ता नभएको स्पष्ट पारिसकेको अवस्थामा प्रधानमन्त्रीको सचिवालयले महत्वपूर्ण वार्ता भनि प्रचार गर्नु गलत र सोभनीय नभएको टिप्पणी गर्नुभयो ।

बिमिस्टेक सम्मेलनमा सहभागी हुन भारत भ्रमणमा रहेका प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सि जिन पिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग त्रिपक्षीय वार्ता गरेको समाचार सार्वजनिक भएको थियो।

सोम, कार्तिक १, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...