‘भियना प्रोग्राम अफ एक्सन’को कार्यान्वयन :मन्त्री लेखक

काठमाडौँ, १ कार्तिक ।
भौतिक योजना तथा पुर्वाधार विकास मन्त्री रमेश लेखकले भूपरिवेष्ठित अल्पविकसित देशमा ‘भियना प्रोग्राम अफ एक्सन’ को प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

बोलिभियाममा आयोजित सडक सुरक्षा सम्बन्धी संयुक्त राष्ट्रसंघीय कार्यक्रममा सहभागी भएर आज स्वदेश फर्कनुभएका मन्त्री लेखकले ‘भियना प्रोग्राम अफ एक्सन’को प्रभावकारी कार्यन्वयनले त्यस्ता मुलुकका जनतालाई फाईदा पुग्ने बताउनु भयो ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उत्रिए लगत्तै संवाददाताहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री लेखकले वोलिभियामा सम्पन्न सम्मेलनमा पनि सोहि बिषयमा छलफल भएको बताउनु भयो ।

यस्तै यसअघि सडक सुरक्षा, पारवहन अधिकार लगायत विषयमा विभिन्न समयमा भएका सम्मेलनले पास गरेका विषयलाई भुपरिवेष्ठित विकासोन्मुख देशहरुले के कति पालना गरे, कस्तो प्रगति भयो भन्ने विश्लेषण सम्मेलनमा भएको जानकारी दिनुभएको छ ।

सम्मेलनमा सहभागी हुन मन्त्री लेखक असोज २५ गते बोलिभिया प्रस्थान गर्नुभएको थियो ।

सोम, कार्तिक १, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया