संविधान संशोधनको कुरा राजनीतिक चालबाजी : भट्टाराई

काठमाडौ ,१ कार्तिक ।
नेकपा एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले माओवादी केन्द्र र नेपाली कांग्रेसले गर्ने भनिएको संविधान संशोधनको कुरा राजनीतिक चालबाजीमात्र भएको बताउनु भएको छ ।

नेता भट्टराईले माओवादी केन्द्र र कांग्रेसले संविधान संशोधनको कुरा गर्नु राजनीतिक स्वार्थ मात्र भएको टिपपणी गर्नुभयो । प्रेस चौतारीले नेपालले आज धादिङबेसीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले केही मान्छेको स्वार्थका लागि ल्याएको संविधान संशोधनको प्रस्ताव एमालेले स्वीकार नगर्ने बताउनुभयो ।

यस्तै संविधान संशोधनको औचित्य पुष्टि गर्न भट्टराईको आग्रह छ । मधेसलाई मात्र एकातिर राखेर प्रदेश बनाउन खोजेमा एमालेले सशक्त विरोध गर्ने भट्टाराईको भनाई थियो । उहाँले परराष्ट्र मामिलामा वर्तमान सरकार असफल भएको दावी गर्नुभयो ।

सोम, कार्तिक १, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...