मोटरसाइकल एकआपसमा ठोकिदा एकको मृत्यु

नवलपरासी, १ कार्तिक । नवलपरासीको प्रतापपुर– १ खैरहनीमा गएराती दुईवटा मोटरसाइकल एक आपसमा ठोकिदा प्रतापपुर वार्ड नम्बर ८ अठलही बस्ने बर्ष २३ का कपिलदेव चौधरी गम्भीर घाइते भएपछि सहिद सामुदायिक अस्पताल चौपातामा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक महेश्वर प्रसाद उपाध्यायले जानकारी दिनु भएको छ ।
सेमरीबाट बेलाटारी जाँदै गरेको लु २० प ४४९८ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउदै गरेको युपी ५६ एच ५१४१ नम्बरको मोटरसाइकल खैरहनी पुलमा एकआपसमा ठोकिएको थियो ।

विपरीत दिशाबाट आउदै गरेको भारतीय प्लेट नम्बरको चालक बर्ष २२ का प्रतापपुर–८ अठलही बस्ने कपिलदेव चौधरीको मृत्यु भएको छ भने अर्का मोटरसाइकल चालक जमुनिया– ४ सेमरीका उमेश चापागाईं फरार रहेका छन । मोटरसाइकल प्रहरीको नियन्त्रणमा छ । नवलपरासीको त्रिबेणी क्षेत्रमा दिनहुजसो सडक दुर्घटना हुँदै रहदा यसलाई नियन्त्रण गर्न प्रहरी असफल हुदै गइरहेको देखिन्छ ।

सोम, कार्तिक १, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...