माउन्ट कैलाश रिर्सोटले अन्तर्राष्ट्रिय क्वालीटी अवार्ड पायो

काठमाडौं, १ कार्तिक । पोखराको माउन्ट कैलाश रिर्सोट प्रा.लि.ले अन्तर्राष्ट्रिय क्वालीटी अवार्ड प्राप्त गरेको छ।
फ्रान्सको राजधानी पेरिसमा सम्पन्न ‘इन्टरनेशनल बिड क्वालिटी कन्भेन्सन’ मा इन्टरनेशनल गोल्ड स्टार फर क्वालिटी शिर्षकमा बिड क्वालिटी अवार्ड २०१६’ माउन्ट कैलाशले पाएको हो।
पेरिसमा भएको सो अवार्डमा नेपालबाट पहिलो पटक छानिएको माउन्ट कैलाश रिसोर्ट पोखराले यो अन्तर्राष्ट्रिय अवार्ड हात पार्न सफल भएको हो।
विश्वभर रहेका विभिन्न निजि कम्पनीले दिने सेवा सुबिधाको मुल्यांकन गरेर हरेक बर्ष बिजनेस ईन्टिय़टशिभ डिरेक्सनले वर्ल्ड क्वालिटी कामिटमेन्ट अवार्ड गर्दै आएको छ ।
माउन्ट कैलाश रिसोर्ट यो अवार्ड पाउने नेपालको पहिलो रिसोर्ट हो । पेरिसको होटेल हायातमा सम्पन्न अवार्ड वितरण कार्यक्रममा माउन्ट कैलाश रिसोर्ट पोखराका अध्क्षय नरेश भट्टराइले अवार्ड थपेका थिए।
उनले यो अवार्डले माउन्ट कैलाश रिसोर्ट पोखरा मात्र नभई पोखरा र सिंगो नेपालको र यहाँको पर्यटन क्षेत्रको शिर विश्वसामु ठाडो परेको बताएका छन् ।

सोम, कार्तिक १, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया