सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौ १ कार्तिक । 

पूर्व–पश्चिम राजमार्ग अन्तरगत झापाको सुरुङ्गामा आज बिहान बसको ठक्करवाट दुई जनाको मृत्यु भएको छ ।

पूर्ववाट पश्चिम तर्फ जाँदै गरेको को १ च ३५९६ नम्वरको यात्रु वसले मे ५ प ३८५३ नम्वरको मोटरसाइकललाई ठक्कर दिदा उनकिहरुको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोटरसाइकल चालक झापा कन्काई ३ का ६७ वर्षीय तिलविक्रम थेवे र मोटरसाइकल पछाडि सवार सोही स्थानका ६० वर्षीय अग्नि भेटुवाल रहेका छन् ।

ठक्करबाट गम्भिर घाइते भएका उनीहरुको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय विर्तामोडले जनाएको छ ।

सोम, कार्तिक १, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...