आज गरिवी निवारण दिवस विभिन्न कार्यक्रम गरि मनाइदै

काठमान्डौ , १ कार्तिक।
आज विश्व गरीवी निवारण दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइदै छ । दिवसको यस वर्षको नारा अपमान र बहिस्कारबाट सहभागिता तर्फ समग्र रुपबाट गरीवीको अन्त्य भन्ने तय गरिएको छ ।

यो दिवस सन् १९९३ देखि हरेक वर्षको अक्टोबर १७ दिन मनाउने गरिन्छ । विश्वबाटै गरीवि उन्मुलन गर्ने उद्देश्यका साथ यो दिवस मनाउन थालिएको हो ।

नेपालमा पनि गरिवी निवारण कोष तथा अन्य विभिन्न सरोकारवाला संघ संस्थाहरुले गरिबी निवारणका लागि गर्नुपर्ने क्रियाकलाप तथा सर्वसाधारणको भुमिकाका विषयमा जनचेतना जगाउने खालका विविध कार्यक्रमको आयोजना गरी मनाउदै छन् ।

राष्ट्रसंघले दैनिक २ डलरभन्दा कम आम्दानी भएका मानिसलाई गरिबको सुचीमा राखेको छ ।

सोम, कार्तिक १, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...