प्रधानमन्त्री दाहाल आज स्वेदेश फर्कर्दै


काठमान्डौ कात्र्तिक १ ।

आठौ व्रिक्स शिखर सम्मेलनमा सहभागी हुन भारतको गोवा जानु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल आज स्वदेश फर्कदै हुनुहुन्छ । प्रधानमन्त्री दाहाल,परराष्टमन्त्री प्रकाशसरण महत लगायत १८ सदस्यीय नेपाली टोली आज स्वदेश फर्कन लागेको हो ।

प्रधानमन्त्री दाहालले स्वदेश फर्कनु अघि आज विहान माओवादी केन्द्र निकट प्रवासी संगठन अखिल भारत नेपाली एकता मञ्चका कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ। सो भेटघाट पश्चात दाहाल साढे नौ बजे गोवाबाट नयाँ दिल्ली प्रस्थान गर्ने कार्यक्रम छ ।

दाहालसहित नेपाली टोली दिल्ली विमानस्थलबाट साँझ ७ः४० मा नेपाल एयरलाइन्सको विमान मार्फत् काठमाडौँ फर्कने प्रधानमन्त्रीको नीजी सचिवालयले जनाएको छ ।

त्यहाँ रहदा प्रधानमन्त्री दाहालले सम्मेलनमा सहभागी आएका राष्ट्रका सरकार तथा राष्टप्रमुखका साथै विमस्टेक सदस्य राष्टप्रमुखहरुसँग पनि साइड लाइन वार्ता गर्नु भएको थियो ।

दाहालले भारतीय समकक्षी मोदी, चिनीया राष्टपति सी, श्रीलङकाका राष्ट्रपति सीरसेना, भुटानी समकक्षी तोब्गेसँग छलफल गर्नु भएको थियो । भारतीय समकक्षी र चीनीया राष्टपतिसँग छुट्टा छुट्टै भेटवार्ता गर्नु भएका दाहालले उहाँहरुसँग द्धिपक्षीय हितका सम्बन्धमा कुराकानी गर्नु भएको थियो ।

साथै दाहालले चिनीया राष्टपतिलाई नेपाल भ्रमणको निम्तो समेत दिनु भएको छ । यद्यपी चिनीया राष्टपतिको भ्रमण मिति भने तय भएको छैन ।

सोम, कार्तिक १, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया