सबैलाई चकित पार्ने‘लोप्साङ छोइड्यान शेर्पा’

काठमाडौं असोज ३० । ‘मेरो सपना’ नामक एल्बम लिएर ६ बर्षीय बालिका समुदायमा उदायकी छिन् । सायदै यस्तो खबर सवैका लागि नौलो हुन सक्छ । राजधानीको बौद्ध आरुवारीमा वसोवास गर्ने पेम्दोर्जी शेर्पा र मिना शेर्पा तामाङकी छोरी लोप्साङ छोइड्यान शेर्पाको स्वरमा सजिएको गीति एल्बम र म्यूजिक भिडियो एक औपचारिक कार्यक्रम आयोजना गरि राजधानीमा लोकार्पण गरे ।
पूर्व मन्त्री कृपाशुर शेर्पा र संगीतकर्मी लाक्पा शेर्पाले संयूक्त रुपमा एल्बमको विमोचन गरे । लोप्साङको सातौं जन्मदिनको अवसर पारेर एल्बम सार्वजनिक भएको हो । एल्बममा तीन वटा गीत र म्यूजिक भिडियो समावेश छन् । राजधानीमा आयोजित रात्री भोजसहित आयोजना गरिएको कार्यक्रमका प्रमुख अतिथि संगीतकर्मी तथा हिमालयन शेर्पा सांस्कृतिक केन्द्रका निवर्तमान अध्यक्ष लाक्पा शेर्पा थिए ।
कार्यक्रमको आकर्षणको केन्द्रको रुपमा रहेको लोप्साङले गीत गायनलेसहभागिलाई मन्त्रमुग्दा बनाए । त्यस्तै, उनले सचिन राईसँग युगल गीत समेत गाए । जन्मदिनको अवसरमा उनले मञ्चमै केक काटे । पहिला आमालाई खुवाएपछि बाबालाई । बाआमा दुवैले मञ्चमै हर्षको आँसु वगाए । दुनियाँले लोप्साङसँगै तस्वीर खिचे । ताली बजाए । सवैलाई केक बाँडे र खुसीयाली साटे ।
पृथक ढंगबाट सञ्चालन गरेको कार्यक्रममा वक्ताहरु भने थिएनन् । त्यस्तै, व्याज वितरण लगायत औपचारिक कार्यक्रमको स्वरुप पनि प्रदान गरिएन । नेपाल शेर्पा विद्यार्थी मञ्चका महासचिव आङ दोर्जी शेर्पाले सञ्चालन गरेको कार्यक्रम वाहुउद्देश्यीय थिए । कार्यक्रममा कलाकारहरु बुद्ध राई, एडी शेर्पा, सचिन राई लगायतले गाएर महोल तताए । ्

छिरिङ डोमा शेर्पासहितले नृत्य देखाए । सहभागिहरुले आशतित् रुपमा एल्बमखरिद गरे भने लोप्साङका आफ्न्तहरुले मनग्य आर्थिक सहयोग गरे । माइली दिदीको होटल मेडिकल कलेजमा भएको कार्यक्रममा स्वयम माइली दिदि अर्थात छिरिङ शेर्पाले पनि दिल खोलेरै नगद १० हजार सहयोग गरे । स्वादेश तथा विदशमा रहेकाहरुले मन खोलेर गरेको सहयोगले वातावरण उल्लासपूर्ण बनायो ।
कार्यक्रमको अन्तिम तिर सहभागि कालकार, सहयोगी, मिडिया पार्टनरहरुलाई मायाको चिनो र लोप्साङ स्वयम्ले खादा लगाएर सम्मान गरे । सामुहिक भोजसहित सहभागिले लोप्साङलाई वधाई दिए । लोप्साङको प्रतिभा देखेर सवै चकित भए । यस अवसरमा सवैको छाती गर्वले ढुक्क फुलेको पाइयो । अनुहारमा खुसी प्रस्टै देखियो । डिजे सेसनसहित एल्बम विमोचनका साथमा लोप्साङको जन्म दिनको कार्यक्रम राती अवेर सकियो ।
लोप्साङको संगीतिक यात्राको सफलताको लागि सवैले शुभेच्छा व्यक्त गरे । शेर्पाखबर साप्ताहिक र शेर्पाखबरडटकमले मिडिया पार्टनरको रुपमा सहयोग गरे । भने साउण्ड पार्टनरको रुपमा एकेएम साउण्ड पुतलीसडकले साथ दिए । ‘भोली मलाई आकाशको चन्द्र छुनुछ, मेरो लाली वैश र मेरी आमा (कभर सङ)’ गरी ३ वटा गीत एल्बममा समावेश छन् ।
कार्यक्रमको चाँजोपाँजो मिलाउने काम गायक दावा के शेर्पाले गरेका थिए । त्यस्तै, एल्बममा समावेश भएका मध्ये दुई वटा गीतको स्टुडियो भिडियो र एक वटाको म्यूजिक भिडियो नै सो अवसरमा प्रदर्शन गरे ।
बाल प्रतिभा लोप्साङले कलाकारितको माध्यमबाट समुदायको श्रीबृद्धिमा लाग्ने बताउँदै गर्दा तालीको गडगडहा फैलियो । अपत्यारिलो क्षमताको लोप्साङलाई समुदायको सहयोग र अभिभावकहरुले सही मार्ग निर्देश गर्न सकेमा नामी कलाकार बन्ने बाटो खुलेको छ । उनको सफलता र सांगीतिक यात्राको सफलताको शुभकामना !

सोम, कार्तिक १, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...