नागार्जुन कम्युनिकेशनको सेवा शुभारम्भ

काठमाडौँ ,३० असोज/मृगस्थली,काठमाडौँस्थित गोरक्षपीठका योगी देवनाथले आइतबार एक समारोहबीच नागार्जुन कम्युनिकेशन,स्टेसनरी एण्ड सप्लायरको शुभारम्भ गरेका छन् । न्यूनतम शुल्कमा समुदायलाई उच्च गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यका साथ नागार्जुन–५,(नगरपालिका कार्यालय अगाडि),सीतापाइला,काठमाडौ सञ्चालनमा आएको हो ।
कार्यक्रममा स्थानीय बासिन्दा,विभिन्न संघसंस्थाका प्रतिनिधि,पिद्यार्थी,शिक्षक,अभिभावक लगायतको सहभागिता रहेको थियो ।भविष्यमा सामाजिक हितका लागि विविध रचनात्मक कूयाकलाप सञ्चालन गर्ने संस्थाको उद्देश्य रहेको छ ।यसैबीच,सो प्रतिष्ठानले आगामी शनिबार एक साहित्यिक अन्तर्किया कार्यक्रम गर्ने जानकारी दिइएको छ ।

आइत, अशोज ३०, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...