डब्लूएचओको महानिर्देशकमा उम्मेदवार डा. ब्लाजी नेपाल आउँदै

काठमाडौँ, असोज ३०।
फ्रान्सका प्राध्यापक डा. फिलिप डुत्से ब्लाजी आज नेपाल आउँदै हुनुहुन्छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)को महानिर्देशकका लागि उम्मेदवार बन्नुभएका ब्लाजी आफ्नो उम्मेदवारीमा नेपालको समर्थन जुटाउन काठमाडौँ आउन लाग्नुभएको हो ।

डा. फिलिपले नेपालका उच्च अधिकारीसँग भेटेर आफ्नो उम्मेदवारीमा समर्थन गरिदिन आग्रह गर्ने कार्यक्रम तय भएको बताइएको छ ।

नेपालस्थित फ्रान्सेली राजदूतावासका अनुसार पूर्व परराष्ट्र, स्वास्थ्य, संस्कृति तथा सञ्चार, सामाजिक सुरक्षामन्त्रीसमेत भइसक्नुभएका डा. फिलिप मुटुरोग विशेषज्ञ हुनुहुन्छ ।

सोम, कार्तिक १, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया