शितल निवासमा सुटुक्कै औठि साटियो , गणत्रान्त्रिक नेपालका दुई राष्ट्रपति भए नातेदार

काठमाडौं, असोज ३० ।

राष्ट्रपति बिद्या भण्डारीले आफ्नी कान्छी छोरी निशाकुसुम भण्डारीको सुटुक्क ईङगेजमेन्ट गरिदिईन । आईतवार राष्ट्रपति भवन शितल निवासमा उनले आफ्नी छोरीको हात पूर्वराष्ट्रपति रामवरण यादवका नाति अभिषेक यादवको हातमा थमाईदिईन् ।

राष्ट्रपतिले उच्चस्तरीय भेटवार्ताका लागि प्रयोग गरिने शीतल निवासको कोशी सभाहलमा आईतवार स्वर्गीय मदन भण्डारी र वर्तमान राष्ट्रपति भण्डारीकी छोरी २७ वर्षीय निशाकुसुमको दुबै तर्फका परिवारको उपस्थितीमा ईन्गेजमेन्छ सम्पन्न भयो ।

आइतबार बिहान नौ बजे मंगलधुन सहित पाँच जना पण्डितहरुले स्वस्ती पाठ गरे । त्यसपछि निशाकुसुम र अभिषेकले एक अर्कालाई माला पहिर्याए ।

ईङगेजमेन्टमा भण्डारी र यादवले परिवारका सदस्य र केही आफन्तमात्रै उपस्थित थिए ।

नेकपा एमालेको मार्गदर्शन सिद्धान्त जनताको बहुदलीय जनवादका प्रवर्तक मदन भण्डारी र वर्तमान राष्ट्रपतिकी छोरी हुन् निशाकुसुम । उनको बिबाहको सबैलाई चासो हुनु स्वाविक हो तर कसैलाई जानकारी नै सुटुक्क ईङगेजमेन्ट सकियो ।

यो जिज्ञासामा पारिवारिक स्रोत भन्छ निशाकुसुम र अभिषेकको चाहना अनुसार नै यस्तो गरिएको हो । दुबै परिवारले पनि छोराछोरीको निजि बिषय भएकाले राजनितिसँग जोड्न नचाहेको जनाएको छ ।

अभिषेकतिरका २५ जना र निशातर्फका २० जना साक्षी बसेर इन्गेजमेन्ट भयो । राष्ट्रपति भण्डारीका प्रेस सल्लाहकार माधव शमार्लले गैरराजनीतिक विषय भएकाले परिवारका सदस्यहरू मात्रै भेला भएको बताउनु भयो ।

राष्ट्रपति भण्डारी र अभिषेककी आमा नेपाली काग्रेसकी सांसद् किरण यादवले आफू नजिक रहेका नेताहरुलाई समेत यसबारे सुइँकोको समेत दिएनन् ।

बुढानिलकण्ठ स्कूलमा सँगै पढ्दादेखि नै निशा र अभिषेकबीच सामिप्यता बढेको थियो। बिस्तारै यो जोडी प्रेम सम्बन्धमा बाँधियो र दुवै पक्षका अभिभावकको मञ्जुरीमा इन्गेजमेन्ट भयो । तर पूर्वराष्ट्रपति यादवका नाति अभिषेक र राष्ट्रपति भण्डारीकी छोरीको इन्गेजमेन्टमा कोही राजनीतिक नेता र कुनै विशिष्ट व्यक्तिलाई निमन्त्रणा दिइएन।

ईङगेजमेन्ट सकिएपनि बिहे कहिले गर्ने भन्नेबारे भने टुङगो नलागेको जनाईएके छ ।

निशाले भारतको नयाँ दिल्लीबाट एमबीबीएस गरेकी छने भने २९ बर्षिय अभिषेक बेलायत सरकारको चिभेनिङ छात्रवृत्तिमा लण्डनको युनिभर्सिटी कलेज लण्डनमा ‘इकोनोमिक्स एण्ड पोलिसी अफ इनर्जी एण्ड द इन्भायरोमेन्ट’ अध्ययनरत छन् ।

त्यसअघि उनले सानिमा हाइड्रोमा इलेक्ट्रीकल इन्जिनियरका रुपमा काम गरेका थिए।

सोम, कार्तिक १, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया