मध्य रातमा भयो प्रचण्ड–मोदी भेटवार्ता : मोदिले भने सार्क सम्मेलन अहिले हुन सक्दैन

काठमाण्डौ ,१ कात्तिक ।

गोवामा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच विगतको सहमती सम्झौ कार्यान्वयन र भारतीय राष्ट्रपतिको भ्रमण तयारिका लागी नेपाल भारत विदेशमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक बस्ने सहमती भएको छ ।

आईतवार राति भएको भेटमा उहाहरुबीच भारतिय राष्ट्रपति प्रणव मुखर्जीको कात्तिक १७ गतेदेखि हुने प्रस्तावित नेपाल भ्रमणअघि तयारिका लागी आगामी कात्तिक ११ गते नयाँदिल्लीमा बैठकको आयोजना गर्ने सहमती भएको हो ।

त्यसको एकदिन अघि सिनियर अफसियल्सको बैठक पनि बस्ने तयारि गरिएको परराष्ट्रसचिव शंकरदास बैरागीले जानकारी दिनुभयो ।

दुबै बैठकमा भारतीय राष्ट्रिपतिको नेपाल भ्रमणणका बिषयमा नै छलफल हुने परराष्ट्र मन्त्री प्रकाशशरण महतले बताउनु भयो । त्यस्तै प्रधानमन्त्री दाहालको हालै सम्पनन भारत भ्रमणका समयमा भएका सहमती कार्यान्वयनका बिषयमा पनि छलफल हुनेछ ।

यस्तै प्रचण्ड र मोदी विगतमा भएका सहमति र समझदारी कार्यान्वयन गरेर जान सहमत भएक छन् । ‘ब्रिक्स–बिमस्टेक आउटरिच सम्मेलन’मा भाग लिन शनिबार गोवा पुगेका प्रम दाहाल र समकक्षी मोदीका बीचमा आइतबार बेलुकी साँढे ८ बजे हुने भनिएको बैठक मध्य राती सभा ११ बजे भएके थियो ।

‘प्रधानमन्त्रीले प्रचण्डले दिल्ली भ्रमण गर्नुभएको बेलामा भएका र विगतमा भएका सहमति÷समझदारी लागू गरेर जान दुवै नेताहरु सहमत हुनु भएको परराष्ट्र मन्त्री महतले जानकारी गराउनु भयो । प्रधानमन्त्री दाहालले सहमति लागू गरेर जाने प्रतिबद्धता जनाउनु भयो उहाको भनाई छ ।

प्रधानमन्त्री दाहालले गत भदौ ३० देखि असोज २ गतेसम्म भारतको राजकीय भ्रमण गर्नुभएकोथियो । सो भेटघाटमा २५ बुँदे संयुक्त विज्ञप्ती र तीनबुँदे समझदारीपत्र जारी गरिएको एक महिना पनि नबित्दै मोदी र दाहालको बीचमा पुनःभेटघाट भएको हो।

भेटवार्तामा मोदीले विकासका मुद्दामा दुई देशबीच सहकार्य गरेर जानुपर्ने धारणा राख्दा प्रम दाहालले सहमति जनाएको प्रधानमन्त्री सचिवालयका सदस्य मनोहरि तिमिल्सिनाले जानकारी दिनुभयो ।

आइतबार रातीको मोदी–दाहाल भेटवार्तामा मन्त्री महत, परराष्ट्र सचिव शंकरदास बैरागी, प्रधानमन्त्री कार्यालयका सचिव टंकमणि शर्मा, शिष्टाचार महापाल दीपक अधिकारी लगायतको उपस्थिति थियो।
यस्तै मोदी–दाहाल वार्तामा सार्क शिखर सम्मेलनको स्थान र मिति तोक्ने बारेमा पनि छलफल भएको थियो।

सो क्रममा भारतीय समकक्षी मोदीले सार्क शिखर सम्मेलनका लागि अहिले वातावरण उपयुक्त नभएको स्पष्ट पार्नु भएको छ ।

अध्यक्ष राष्टको सरकार प्रमुखको रुपमा नेपाली प्रधानमन्त्री पुष्पकमल दाहाल ले राखेको जिज्ञासामा भारतीय प्रधानमन्त्री मोदीले यस विषयमा पर्खेर मात्र भन्न सकीने जवाफ दिनु भएको हो ।

आइतबार राती भारतको गोवाको होटल लिलामा भएको द्धिपक्षीय वार्तामा प्रधानमन्त्री दाहालले सार्क सम्मेलनबारे चासो राख्दा मोदीले उपयुक्त वातावरण निर्माण हुन बाँकि रहेको बताउनु भएको हो ।

सोम, कार्तिक १, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया