प्रधानमन्त्री दाहालले भारतीय समकक्षी मोदीसँग राति भेटवार्ता गदै

काठमाण्डौ, ३० असोज ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज राति भेटवार्ता हुने भएको छ ।

ब्रिक्स सम्मेलनमा सहभागी हुन भारतका गोवा पग्नुभएका प्रधानमन्त्री प्रचण्ड र समकक्षी मोदीबीच राति ८ : ३० बजे भेटवार्ता हुने कार्यक्रम छ ।

भेटमा प्रधानमन्त्री प्रचण्ड र भारतीप प्रधानमन्त्री मोदीबीच सार्क शिखर सम्मेलन, दुई देशबीचको सहयोग आदान प्रदान लगायतका विषयमा छलफल हुनेछ ।

यसअघि प्रधानमन्त्री प्रचण्डले शनिवार साँझ चिनियाँ राष्ट्रपति सि जिङ पिडसँग भेटवार्ता गर्नुभएको थियो । शनिवार नै प्रधानमन्त्री प्रचण्ड र भुटानका प्रधानमन्त्री छिरिङ तोग्वेबीच पनि भेटवार्ता भएको थियो ।

आइत, अशोज ३०, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...