१०९ बुदे गोवा घोषणापत्र जारी गर्दै ब्रिक्स सम्मेलन सकियो

काठमाण्डौ ,३० असोज ।

ब्राजिल, रुस, चीन, दक्षिण अफ्रिका र भारत सम्मिलित ब्रिक्स सम्मेलन एक सय ९ बुँदे गोवा घोषणापत्र जारी गर्दै सकिएको छ ।
सम्मेलनमा ब्रिक्सका पाँच सदस्य राष्ट्रहरु कृषि सम्वन्धी अनुसन्धान प्लेटफर्म वनाउन, रेलवे रिसर्च नेटवर्क, स्पोर्ट काउन्सिल र युवा सम्वन्धी विभिन्न गतिविधिहरु गर्न सहमत भएका छन् । भारतको गोवामा हिजोदेखि सम्मेलन शुरु भएको थियो ।

समापन समारोहलाई सम्वोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २००८ को आर्थिक मन्दीको समयमा ब्रिक्स सदस्यहरुले गरेको योगदानको खुलेर प्रशंसा गर्नुभएको छ ।

विमस्टेकसंगको ’आउटरिच’ कार्यक्रम ब्रिक्स र विमस्टेकको सम्वन्धलाई पुनर्ताजगी गर्ने अवसर रहेको घोषणपत्रमा उल्लेख छ ।

यस्तै सम्मेलनलाई ब्रिक्स र विमेस्टेकको वीचमा व्यापार, बाणिज्य, लगानीलगायतका क्षेत्रमा सहकार्यका लागि संयुक्त रुपमा संभाव्यता अध्ययन गर्ने अवसर पनि भनिएको छ । त्यसैगरी शान्ति, विकास, समृद्धि लगायतका साझा उद्देश्यलाई थप मजवुत वनाउने पनि उल्लेख गरिएको छ ।

यस अघि ब्रिक्सका सदस्य राष्ट्रहरुको वीचमा छलफल भएको थियो । उक्त छलफलमा भारतले पाकिस्तानप्रति लक्षित गर्दै आतंकवादी गतिविधि र सिमापार आतंकवादको विषय उठान गरेको थियो ।

ब्रिक्स सम्मेलनको अन्तसँगै अव गोवामा व्रिक्स र विमस्टेकको संयुक्त कार्यक्रम शुरु भएको छ । यसमा दुई संगठनका नेताहरुको बीचमा कुराकानी हुनेछ ।

आइत, अशोज ३०, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य ब्यानर समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter