मुलुक आन्तरिक रुपमा बलियो हुन आवश्यक : महत

काठमाडौं, असोज ३० ।

नेपाली कांग्रेसका नेता डा. रामशरण महतले मुलुक आन्तरिकरुपमा बलियो भएमात्रै विदेशी राष्ट्र प्रमुखहरुसँगको भेटघाटले अर्थ राख्ने बताउनु भएको छ ।

राजधानीमा आज आयोजित साक्षात्कारमा बोल्दै डा. महतले संविधानको सफल कार्यान्वयन र स्थानिय निकायको निर्वाचन लगायतका काम सकिएपछि मात्रै बिदेशी राष्टङप्रमुखसँग छलफल गरे उचित हुने बताउनु भयो ।

उहाले नेपालका लागि ‘ब्रिक्स’ सम्मेलनको उपयोगिता केवल पाँच शक्ति राष्ट्रका प्रमुखहरुसँगको भेटघाट मात्रै रहेको पनि धारणा राख्नुभयो ।

ब्रिक्स सम्मेलन चीन, भारतलगायत शक्ति राष्ट्रका प्रमुखसँगको भेटघाटका लागि उपयुक्त अवसर भएपनि आफ्नो आन्तरिक समस्या समाधान नभइ यस्ता भेटघाट औचित्यहीन हुने महतको भनाई थियो ।

नेता डा. महतले संविधान कार्यान्वयनका लागि सबै दल एकठाउँमा उभिनुको विकल्प नभएकोमा पनि जोड दिनुभयो ।

आइत, अशोज ३०, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...