दसैमा उपत्यकामा १ सय ४६ दुर्घटना ,१० को मृत्यु

काठमाण्डौ ३० असोज ।

दसैँको अवधिमा उपत्यकामा मात्रै करिव डेढ सय गाडी दुर्घटना हुदा १० जनाको मृत्यु भएको छ ।

गत वर्ष असोज १५ गते घटस्थापनादेखि २९ गते पूर्णिमासम्मका अवधिमा एक सय ४६ दुर्घटनामा १० जनाको मृत्यु हुनुका साथै ६ जना गम्भीर र एक सय ११ जना सामान्य घाइते भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

ट्राफिक प्रहरीले दसँैका अवधिमा १४ हजार ६ वटा गाडीलाई कारबाही गरेको छ । गएको वर्ष अवधिमा तीन हजार पाँच सय ३२ वटा गडी मात्रै कारबाहीमा परेका थिए ।

मादक पदार्थ पिएर गाडी चलाउने, ट्राफिक नियम उल्लङ्घन र बढी भाडा असुल्ने तथा क्षमताभन्दा बढी यात्रु राख्नेहरु यस पटकको दसैँ अवधिमा कारबाहीमा परेका हुन् ।

रक्सी पिएर गाडी चलाउने मात्रै एक हजार दुई सय ९१ जना कारबाहीमा परेका छन् बढी भाडा लिने लामो दूरीका १४ सवारी साधन र ६० ट्याक्सीलाई कारबाही गरिनाका साथै दुई जनालाई पक्राउ गरिएको महाशाखाले जनाएको छ ।

तुलनात्मक रुपमा गत वर्षको असोजभन्दा यस वर्ष गाडी दुर्घटना बढी भएको छ । गत वर्ष तीन सय २८ गाडी दुर्घटना भएकामा यस वर्ष तीन सय ८९ गाडी दुर्घटना भएको छ ।

असोज महिनाभर ज्यान जाने १३ र गम्भीर घाइतेको संख्या १७ तथा सामान्य घाइते दुई सय ९३ जना रहेका जनाईएको छ ।

आइत, अशोज ३०, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter