संसदद्धारा वन (दोस्रो संशोधन) विधेयक पारित, ४ विधेयक सम्बन्धित समितिमै फिर्ता

काठमाडौं, ३० असोज ।

व्यवस्थापिका संसदको आजको बैठकले “वन (दोस्रो संशोधन) विधेयक, २०७३” लाई बहुमतले पारित गरेको छ ।

वन तथा भू–संरक्षणमन्त्री शंकर भण्डारीले प्रस्तुत गरेको वातावरण संरक्षण समितिको प्रतिवेदन सहितको विधेयक माथिको छलफल पश्चात् बहुमतले पारित भएको हो ।

त्यस्त,ै संसदको आजको बैठकले “राजनैतिक दल सम्बन्धि विधेयक, २०७३”, “मतदाता नामावली विधेयक, २०७३”, “निर्वाचन आयोगक विधेयक, २०७३” तथा “राजर्षिजनक विश्वविद्यालय विधेयक, २०७३” गरी ४ वटा विधेयकहरुलाई दफाबार छलफलको लागि सम्बन्धित समितिमा पठाएको छ ।

बैठकमा उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले राजनैतिक दल तथा निर्वाचन सम्बन्धि तीनवटा विधेयकहरुलाई सम्बन्धित समितिमा पठाईयोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो

राजर्षिजनक विश्वविद्यालय विधेयकलाई शिक्षामन्त्री धनिराम पौडेलले सम्बन्धित समितिममा पठाउने प्रस्ताव गर्नुभएको थियो ।
बैठकमा सभामुख ओनसरी घर्तीले प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’को अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिलाई तोकिएको बारेको राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा समेत पढेर सुनाएकी थिइन् ।
संसदको अर्को बैठक पर्सी (मंगलबार) बिहान ११ बजे बस्नेछ ।

आइत, अशोज ३०, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...