रक्षामन्त्री खाड स्वदेश फिर्ता , नेपाली सेनाको क्षमता अभिबृद्धिमा चीनले सघाउने

काठमाण्डौ, ३० असोज ।
रक्षामन्त्री बालकृष्ण खाणले विपद् व्यवस्थापनमा नेपाली सेनाको क्षमता वृद्धिका लागी चीनले सहयोग गर्ने प्रतिबद्धता जनाएको जानकारी गराउनु भएको छ ।

बेइजिङमा सम्पन्न सातौैँ सियाङसान सम्मेलनमा सहभागी भएर स्वदेश फर्कनुभएका मन्त्री खाडले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी सेनाको आधुनिकिरणका लागी चीनले सहयोग गर्ने बताउनु भएको हो ।

उहाले नेपाली सेनाले शान्तिस्थापना कार्यमा देखाएको व्यावसायिक दक्षता, इमान्दारी र बहादुरीको प्रशंसा गर्दै चिनियाँ रक्षामन्त्री छाङसङगले चिनियाँ सेनाले पनि त्यसबाट सिक्न आवश्यक रहेको बताउनुभएको जानकारी दिनुभयो । सम्मेलनका क्रममा नै मन्त्री खाण र चिनियाँ रक्षामन्त्री छाङसङगबीच भेटवार्ता भएको थियो ।

यस्तै मन्त्री खाणले अन्तर्रा्ष्ट्रिय सम्बन्ध विस्तार गर्ने क्रममा सुरक्षा र सहयोगलाई कसरीसँगै लैजाने भन्ने विषयमा सियाङसान सम्मेलनमा गहन छलफल भएको पनि बताउनुभयो ।
यसैबीच, चिनियाँ रक्षामन्त्री छाङसङगको भेटका क्रममा दुवै देशका सरकारका उच्चस्तरीय प्रतिनिधिमण्डलको भ्रमणको आदानप्रदानलाई निरन्तरता दिन आवश्यक रहेका विषयमा छलफल भएको थियो । सोहि क्रममा छाङसङगले नेपालको संविधानप्रति चीन र चिनियाँको सद्भाव र समर्थन रहेको बताउनुभएको थियो ।

आइत, अशोज ३०, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...