सांसदद्धारा विकास निर्माण र जनचासोका विषयमा सरकारको ध्यानाकर्षण

काठमाण्डौ ,३० असोज ।

नेकपा (एमाले) का रामवीर मानन्धरले विकास निर्माण र जनचासोका विषयमा सरकार गम्भिर नबनेको आरोप लगाउनु भएको छ ।
व्यवस्थापिका–संसद्को आजको बैठकको शून्य समयमा बोल्दै उहाले मुलुकका सडकको स्तरउन्नती र काठमाडौँ उपत्यकाको सवारी चापको व्यवस्थापनका लागि सरकारले तत्काल उचित व्यवस्थापन गर्नुपर्ने बताउनु भयो ।

नेपाली काँग्रेसका रामहरि खतिवडाले ओखलढुङ्गाका सडक र विभिन्न पुलको मर्मत गर्न माग गर्नुभयो । सडककै कारण मुलुकका बिभिन्न स्थानमा दुर्घटनाको घटना बढेको भन्दै उहाले त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनु भयो ।

नेकपा माओवादी केन्द्रका रामनारायण बिंडारीले जलविद्युत् आयोजनाको उदाहरण दिँदै मुलुकको विकासको गति अपारदर्शी र अदूरदर्शी भएको धारणा राख्नुभयो ।

यस्तै नेकपा एमालेका रामेश्वर फुयाँलले चाबहिल–साँघु सडक चाँडो बनाउन माग गर्नुभएको थियो । नेपाली काँग्रेसकै सांसद रीता शाहीले हुम्लाको हिल्सा नाका हालसम्म पुनःसञ्चालन हुन नसकेकामा चिन्ता व्यक्त गर्दै चाँडै नाका खोल्न पनि आग्रह गर्नुभयो ।

सांसद ललितजङ्ग शाहीले प्रा डा गोविन्द केसीसँग विगतमा भएको सम्झौता लागू गराउन माग गर्नुभएको थियो । सांसद रामदुलारी चौधरी, रेशमबहादुर बानियाँ र रामबहादुर रावलले पनि आफ्ना क्षेत्रका जनचासोबारे धारणा राख्नुभयो ।

यसैबीच नयाँबानेश्वर स्थित संसद भवनमा जारी व्यवस्थापिका संसदको बैठकमा बिभिन्न बिधेयकमाथि छलफल भईरहेको छ ।

दशैं अघि पेश भएका निर्वाचन सम्बन्धी ३ वटा विधेयकहरुमा परेको संशोधन प्रस्तावका बारेमा छलफल भईरहेके संसद सचिवालयका सहप्रवक्ता सुदर्शन कुईंकेलले जानकारी दिनुभयो ।

निर्वाचन सम्बन्धी, मतदाता नामावली सम्बन्धी, राजनीतिक दल र निर्वाचन आयोग सम्बन्धी ३ वटै विधेयकहरु सम्बन्धित समितिमा पठाउने तयारी रहेको रहेको छ ।

आइत, अशोज ३०, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter