स्थानीय निकायमा काँग्रेसलाई पहिलो बनाउने : कंडेल

असोज २९ नवलपरासी ।

नेपली कांग्रेसका केन्द्रिय सदस्य देवेन्द्रराज कंडेलले अगामी स्थानीय निकायको चुनावमा पार्टिलाई पहिलो बनाउने किसिमले कार्य गर्न कार्यकर्ताहरुलाई निर्देशन दिनु भएको छ ।

नेपाली कांग्रेस बर्दघाट नगर कार्य समितिले आज बर्दघाटमा आयोजना गरेको चियापान तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै प्रमुख अतिथि रह्नु भएका नेता कंडेलले यस्तो बताउनु भएको हो ।

नगर सभापति शम्भुलाल श्रेष्ठको सभापतित्वमा भएको सो कार्यक्रममा नेपाली कांग्रेसका संसदिय दलका नेता बिक्रम खनाल , महासमिति सदस्य लाल बहादुर गुरुङ्ग, जिल्ला सचिव बिक्रम यादव, जिल्ला सदस्यहरु कुलदिप आचार्य , विश्व प्रेम पाठक ,नेपाल महिला संघ नवलपरासीकी सभापति कमला तिवारी , दलित संघका जिल्ला सभापति गणेश बिक, तरुण दलका नगर सभापति कमल थापा , नेवी संघका ईकाई सभापति किशोर गैरे , नगर सचिव पोषचन्द्र देवकोटा लगायतले शुभकामना ब्यक्त गर्नु भएको थियो भने सो कार्यक्रमवाट विभिन्न पार्टि परित्याग गरि केही ब्यक्तिहरु कांग्रेशमा प्रवेश गरेको नगर सभापति शम्भुलाल श्रेष्ठले जानकारी दिनुभयो ।

शनि, अशोज २९, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य देश/राजनीति समाचार

Like us On Facebook

Follow Us On Twitter