न्याय परिषद सदस्यमा प्रस्तावित बैदिकको सुनुवाई प्रक्रिया सुरु


काठमान्डौ असोज ३० ।
न्याय परिषदको सदस्यमा प्रस्तावित अधिवक्ता पदमप्रसाद बैदिकको संसदीय सुनुवाई प्रक्रिया सुरु भएको छ ।

आज बसेको समितिको बैठकले बैदिकको सुनुवाई प्रक्रिया सुरु भएको जनाउँदै उजुरीका लागि १० दिनको समय दिएको छ ।

सो अवधिमा अधिवक्ता बैदिकमाथि परेका उजुरीहरुमाथि सुनुवाई गर्दै पास गरेपछि न्यायपरिषद सदस्य पदमा नियुक्तिका लागि बाटो खुल्ने छ ।

असोज २० गते प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले संविधानको धारा २९२ बमोजिम अधिवक्ता बैदिकलाई परिषद सदस्यमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।

आइत, अशोज ३०, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया