व्यवस्थापिका संसदको बैठक जारी

काठमान्डौ असोज ३० ।
व्यवस्थापिका संसदको बैठक नयाँबानेश्वर स्थित संसद भवनमा बसिरहेको छ ।

आजको बैठकमा दशैं अघि पेश भएका निर्वाचन सम्बन्धी ३ वटा विधेयकहरुमा परेको संशोधन प्रस्तावका बारेमा छलफल गर्ने कार्यसूचि रहेको बताइएको छ ।

ती विधेयकहरु सम्बन्धित समितिमा पठाउने तयारी रहेको संसद सचिवालयका सहप्रवक्ता सुदर्शन कुईंकेलले जानकारी दिनुभयो ।

निर्वाचन सम्बन्धी, मतदाता नामावली सम्बन्धी, राजनीतिक दल र निर्वाचन आयोग सम्बन्धी ३ वटा विधेयक संसदमा दर्ता भएको छ ।

आइत, अशोज ३०, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter