बिमस्टेकको बैठकमा आज अपरान्ह प्रचण्डले अध्यक्षता गर्दै

काठमाण्डौ ,३० असोज ।

भारतको गोवामा जारी बिमस्टेक लिडर्स रिट्रिट बैठकमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालले आज अपरान्ह अध्यक्षता गर्दै हुनुहुन्छ । प्रधानमन्त्री दाहालले विमस्टेकको अध्यक्ष राष्ट्रका हैसियतले बैठकको अध्यक्षता गर्न लाग्नुभएके हो ।

नेपाल ०७० साल फागुनको १६ देखि २० सम्म म्यानमारमा सम्पन्न तेस्रो शिखर सम्मेलनबाट बिमस्टेकको अध्यक्ष राष्ट्र हो। बिमस्टेकमा नेपाल, भुटान, बंगलादेश, म्यानमार, थाइल्याण्ड, श्रीलंका र भारत सदस्य छन् । पाकिस्तान, अफगानिस्तान र माल्दिभ्सबाहेकका अरु सार्क राष्ट्रहरु बिमस्टेकका सदस्य हुन्।

आज अपरान्ह पौने ४ बजे देखि साढे ४ बजेसम्म होटल लिलामा हुने बैठकमा भारतीय प्रधानमन्त्री नेरेन्द्र मोदीले स्वागत मन्तब्य राख्नुहुनेछ ।
बिमस्टेकका नेताहरुले बैठकमा पाँच मिनेट संबोधन गर्ने कार्यक्रम छ । त्यसपछि खुला छलफल हुनेछ । बैठकको समापन गर्दै प्रधानमन्त्री दाहालले बैठकको समापन मन्तब्य दिनुहुनेछ ।

त्यसपछि बिमस्टेक बैठकपछि घोषणापत्र जारी गरिनेछ ।

बिमस्टेक बैठकमा बिमस्टेक र सार्क रुबीच आपसी हित र  घनिष्ठ सम्बन्ध बनाउने बारेमा छलफल हुनेछ ।

बैठकमा नेपालले कनेक्टिभिटी (सडक र रेल सञ्जाल) र भूपरिवेष्ठित देशले पाउने अधिकारको बारेमा कुरा उठाउने तयारी गरेको परराष्ट्र मन्त्री प्रकाशशरण महतले जानकारी दिनुभएको छ ।

दक्षिण एसियाली क्षेत्रीय संगठन सार्कको समेत अध्यक्ष राष्ट्र नेपालले १९ औं सार्क सम्मेलनको मिति र स्थानको बारेमा पनि बिमस्टेकमा छलफल गर्ने मन्त्री महतले बताउनु भयो ।

आगामी कात्तिक २४–२५ गते इस्लामावादमा हुने भनिएको सार्क शिखर सम्मेलन भारत र पाकिस्तानबीच चलेको कास्मिर बिबादका कारण स्थगन भएको छ ।

आइत, अशोज ३०, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया