आज विश्व खाद्यन्न दिवस मनाइदै

काठमान्डौ असोज ३० ।
आज विश्व खाद्यन्न दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइदै छ । दिवसको यस वर्षको नारा जलवायू परिवर्त हुदै छ अव खाद्यन्न र कृषिलाई पनि परिवर्तन गरौ भन्ने तय गरिएको छ ।

संयुक्त राष्ट्र संघको विशिष्टिकृत निकाय खाद्य तथा कृषि संगठनको आह्वानमा हरेक वर्षको अक्टोवर १६ को दिन विश्वभरि खाद्यन्न संकट र भोकमरिको विरुद्ध लड्नका लागी एकतावद्ध भएर विश्व खाद्यन्न दिवस मनाइने गरिन्छ ।
सन् १९७९ नोभेम्बरको संयुक्त राष्ट्र संघको बीसौँ साधारण सभाले संगठनको स्थापना भएको दिन पारी खाद्य दिवस मनाउने प्रस्ताव पारित गरेअनुरूप सन् १९८१ देखि विविध कार्यक्रमहरूका साथ विश्वभरि यो दिवस मनाइँदै आएको छ।
नेपालले सन् १९५१ नोभेम्बरमा खाद्य तथा कृषि संगठनको सदस्यता लिएको थियो । विश्वमा हाल जलवायु परिवर्तनले निम्त्याएको सबै भन्दा ठूलो चुनौति खाद्य संकट भएको विश्व खाद्य तथा कृषि संगठन एफएओ ले जनाएको छ ।

नेपालले खाद्य सुरक्षाका लागि वार्षिक ८ हजार मेट्रिकटन खाद्यन्न संचिती गर्नु पर्ने विभिन्न अध्ययनले देखाएको छ । पछिल्लो समय सरकारले खाद्य सुरक्षाका लागि विभिन्न कार्यक्रम अगाडि सारेतापनि ती कार्यक्रमहरु प्रभावकारी हुन सकेको छैन ।

खाद्यन्न राम्रै उत्पादन भए तापनि त्यसलाई सन्तुलित तरिकाले प्रयोग गर्न नसक्दा नेपालीहरु भोकमरीको चपेटामा परेको गर्ने गरेको सरोकारवालाहरुको भनाई छ । पछिल्लो समय अन्तराष्टिय खाद्य नीति अध्ययन संस्था आइ एफ पी आर आईले सार्वजनिक गरेको प्रतिवेदन अनुसार विश्व भोकमरी सुचकाङकमा नेपाल ७२ औँ स्थानमा परेको छ ।

नेपालमा कुल जनसंख्याको ७.८ प्रतिशत कुपोषित रहेको देखिएको छ । त्यस्तै पाँच वर्ष भन्दा कम उमेरका बालबालिकामा चरम कुपोषणको दर ११.३ प्रतिशत रहेको छ ।

यसै विच दिवसको अवसरमा आज कृषि विभाग र पशु सेवा विभागले आज कार्यक्रम गर्दै उत्कृष्ट किसान तथा उद्यमीलाई पुरस्कार सहित सम्मान गर्दै छ ।

आइत, अशोज ३०, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter